ग्लोबल रिच अष्ट्रेलियन शैक्षिक मेला हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल रिचले अस्ट्रेलिया जाने विद्यार्थीहरुको सुविधाका लागि शैक्षिक मेला आयोजना गर्ने र्भको छ । मेला यही साउन ११ गते शनिबार होटल अन्नपूर्णमा हुने आयोजकले जानकारी दिएको छ ।

एकदिने शैक्षिक मेलामा अस्ट्रेलियाका विभिन्न ३५ विश्वविद्यालयका प्रतिनिधिहरुले सहभागिता जनाउने छन् । मेलाको उद्घटना नेपालका लागि अस्ट्रेलियन राजदुत पिटर बुड्डले गर्ने छन् ।

अस्ट्रेलियामा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरुले शैक्षिक मेलामा सहभागी विभिन्न युनिभर्सिटिका प्रतिनिधिहरुसँग सिधै भेटघाट गर्नुको साथै युनिभर्सिटिका बारेमा प्रत्यक्ष छलफल गर्न सक्ने आयोजक संस्थाले जानकारी दिएको छ ।

प्रकाशित : श्रावण १०, २०७६ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्

खोटाङमा चन्द समूहको चन्दा आतंक

कान्तिपुर संवाददाता

खोटाङ — चन्द समूहले जिल्लाका अधिकांश स्थानीय तह तथा विद्यालयहरुमा चन्दा आतङ्क मच्याएका छन् । जनताको शासन व्यवस्था ल्याउन सबैले सहयोग गर्नु पर्ने भन्दै चन्दा दिन उर्दी जारी गरेका हुन् ।

जिल्लाका विभिन्न पालिकाहरुबाटै चन्दा असुलेको खुलासा समेत भएको छ । केही पालिकाले एक लाख रुपैयाँसम्म चन्दा दिएको स्रोतले बताएको छ । त्यसको श्रेस्ता नदेखिने गरी मिलाएर दिइएको एक प्रमुख प्रशासकीय अधिकृतले बताए । ‘हाम्रो सरकारको चाला यस्तै छ,’ नेकपा सम्बद्ध एक पालिका अध्यक्षले भने, ‘मिलाएर नदिए खैरियत छैन ।’

खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह छन् ।

त्यस्तै विद्यालयहरुमा पनि चन्दा उर्दी गरेको प्रअहरुले बताएका छन् । गत जेठ–असारदेखि नै चन्दा मागेको एक प्रअले बताए । उनका अनुसार हरेक चौमासिक बराबर एक दिनको तलव माग गरेका हुन् ।

केही विद्यालयहरुले असारमा चन्दा उपलब्ध गराइसकेका छन् भने केहीले अर्को चौमासिकमा दिने बचन दिएको एक प्रअले बताए । जिल्लामा चार सय ९० वटा विद्यालय छन् । खोटाङका प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले भने चन्दा आतङ्कबारे कुनै सूचना नआएको बताए ।

प्रकाशित : श्रावण १०, २०७६ १३:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्