२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सांसद यादवद्वारा एक महिना बराबरको तलब बाढी पीडितलाई दिने घोषणा

काठमाडौँ — संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले आफ्नो एक महिना बराबरको तलब बाराका बाढी पीडितहरुलाई दिने घोषणा गरेका छन् ।

सांसद यादवद्वारा एक महिना बराबरको तलब बाढी पीडितलाई दिने घोषणा

सोमबार एक विज्ञप्ति निकाल्दै सांसद यादवले पीडितहरुलाई चालिने सहयोगमा अझ थप सहयोग प्रदान होस् भन्ने इच्छाका साथ राहत स्वरुप आफ्नो एक महिनाको तलब पर्सा जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा जम्मा गर्ने घोषणा गरका हुन् ।


पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद समेत रहेका यादवले विपद्को यस घडीमा सबै सहयोगी हातहरुलाई बाढी पीडितहरुका लागि आ-आफ्नो ठाउँहरुबाट सहयोग गर्न आग्रह समेत गरेका छन् ।

प्रकाशित : असार ३०, २०७६ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?