१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

त्रिविमा राजनीतिक भागबन्डा रोक्न माग

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागबन्डा नरोकिए नेविसंघले आन्दोलन गर्ने चेतावनी दिएको छ । नेविसंघ त्रिवि इकाई समितिले नवआगन्तुक विद्यार्थीलाई लक्षित गरि आयोजना गरेको कार्यक्रममा बोल्दै नेविसंघका नेताहरुले यस्तो चेतावनी दिएका हुन् ।

त्रिविमा राजनीतिक भागबन्डा रोक्न माग

नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले, नेविसंघ त्रिवि इकाई समितिका सभापति हरि आचार्य, नेविसंघका नेता नवराज त्रिपाठी,विकास भण्डारी लगायतले त्रिविलाई राजनीतिक हस्तक्षेपमुक्त गरिनुपर्नेमा जोड दिए ।

सो अवसरमा नेविसंघले त्रिभुवन विश्वविद्यालयलाई विश्वकै शैक्षिक आकर्षणको केन्द्र बनाउन के गर्नुपर्ला भन्ने विषयमा विद्यार्थीहरुको राय समेत बुझेको नेविसंघका नेता विकास भण्डारीले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ११, २०७६ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?