अस्पतालको पूर्वाधारका लागि ३० लाख सहयोग संकलन 

काठमाडौँ — गैरआवासीय नेपाली संघ नेदरल्याण्डबाट बागलुङ धवलागिरी अञ्चल अस्पतालमा स्थापित ब्लड बैंकका लागि करिब ३० लाख रुपैयाँ सहयोग संकलन भएको छ । 

ब्लड बैंकको पूर्वाधार निर्माणका लागि नेदरल्याण्डमा गरिएको च्यारिटी डिनरमा उक्त रकम संकलन भएको पत्रकार शालिकराम गौतमले बताए । उनका अनुसार सहयोग रकमबाट एम्बुलेन्स, आधुनिक बेड, रगत लिने, भण्डारण गर्ने, रगतमा संक्रमण भए/नभएको जाँच गर्ने लगायतका सामाग्री खरिद गरिने छ ।


यो कार्यक्रम गैर आवासीय नेपाली संघ नेदरल्याण्डले एक देश एक परियोजना अन्तर्गत एनआरएन नेदरल्याण्ड्स, नेदरल्याण्ड्समा बसोबास गर्ने धौलागिरी क्षेत्रका बासिन्दाको अग्रसरतामा गरिएको हो ।


आगामी वर्ष अर्को अस्पताललाई पनि यस्तै सहयोग गर्ने योजना रहेको गैरआवासीय नेपाली सङ्घ नेदरल्याड्सका अध्यक्ष ठाकुरप्रसाद शर्माले बताए । अस्पताललाई एक महिनाभित्र सम्पूर्ण सामाग्री उपलब्ध गराइने उनले बताए ।

प्रकाशित : माघ १९, २०७५ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?