३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

एनसेलले ल्यायो ‘रिचार्ज एण्ड विन’ अफर

हरेक हप्ता १० जना ग्राहकलाई एक लाख नगद उपहार

काठमाडौँ — एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर ल्याएको छ । यस योजना अन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

एनसेलले ल्यायो ‘रिचार्ज एण्ड विन’ अफर

यो अफर यहि आइतबार (भदौ १७) गते देखि लागु भई १० हप्तासम्म संचालनमा रहनेछ । यो योजना साप्ताहिक चक्रमा संचालन हुनेछ, जसको शुरुवात आइतबार हुनेछ र समापन शनिबार हुनेछ ।


योजनामा सप्ताहभर रु १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले भागलिई आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । ग्राहकले प्रत्येक रु १०० बराबरको रिचार्जका लागि एसएमएस मार्फत एउटा कोड प्राप्त गर्नेछन् । योजना अवधिभर हरेक हप्ताका १० भाग्यशाली ग्राहकहरुको छनोट प्रत्यक्ष प्रशारणमा हुने लक्की ड्र मार्फत गरिनेछ । यसरी छानिएका भाग्यशाली ग्राहकहरुलाई हरेक बिहीबार एक कार्यक्रम माझ प्रति व्यक्ति एक लाखका दरले नगद पुरस्कार हस्तान्तरण कम्पनीले जनाएको छ ।


प्रकाशित : भाद्र १७, २०७५ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?