कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

गाउँपालिका विकासका लागि छलफल 

कान्तिपुर संवाददाता

काठमाडौँ — भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको दिगो विकासका लागि सल्लाह, सुझाव र सहकार्य गर्न काठमाडौंमा शनिबार अन्तरक्रिया सम्पन्न भएको छ ।

गाउँपालिका विकासका लागि छलफल 

भौगोलिक विकटता, कार्यालय भवनको अभाव, विद्युतको अभाव जस्ता विभिन्न चुनौती र समस्यामा गुज्रिरहेको गाउँपालिकाको समग्र विकासका लागि अध्ययन, जागिर र व्यवसायको सिलसिलामा उपत्यकामा बस्दै टेम्केमैयुङबासीहरुसँग गाउपालिकाले अन्तरक्रिया गरेको छ ।


‘टेम्केमैयुङ जन्मेर थुप्रै राजनितिज्ञ, प्रशासनिक कर्मचारी, प्राज्ञिक क्षमता बोकेका व्यक्तित्वहरु उपत्यकामा कर्मथलो बनाएर बस्नुभएको छ, गाउँपालिकाका चुनौतीहरु चिर्दै अवसरको खोजी र सदुपयोग गर्न सही बाटोको खोजीका लागि अन्तरक्रिया गरेका छौँ,’ गाउँपालिका अध्यक्ष ध्रुव राईले बताए ।


संघीय संरचनापछि बनेको स्थानीय तहमा जनप्रतिनिधि आएको एकवर्ष बितेको छ । तर नीतिगत ज्ञान, प्राविधिक समस्याहरुले गर्दा जनअपेक्षाअनुसार विकासमा गति दिन नसकेको जनप्रतिनिधि स्वयमले स्वीकार्दै आएका छन् ।


अन्तरक्रियामार्फत दिग्गज व्यक्तित्वहरुको प्राप्त सुझावलाई आत्मसात् गर्दै अघि बढ्ने गाउँपालिकाका प्रवक्ता सुनिलकुमार राईले बताए ।


अन्तरक्रियामा सडक, विद्युत, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासमा स्थानीय सरकारले चासो दिनुपर्ने सुझावहरु प्राप्त भएका थिए । अन्य स्थानीय तहको तुलनामा सम्भावना भएर पनि टेम्केमैयुङबासी एकजुट भएर गुरुयोजना बनाइ अघि बढ्न नसक्दा पछि परेको अध्यक्ष राईले बताए ।


टेम्केमैयुङ गाउँपालिका भोजपुरको इतिहासमा उच्च ओहदामा पुग्ने राजनितिज्ञ, प्रशानिक कर्मचारी, व्यसायी जन्माउने उद्गम थलो पनि हो ।


प्राकृतिक, धार्मिक, सांस्कृतिक, एतिहासिक महत्व बोकेका थुप्रै स्थलहरुले धनी गाउँपालिकामा पर्यटनको प्रचुर सम्भावनालाई देशविदेशमा प्रचारप्रसार र प्रबर्द्धन गरी स्थानीय आयलाई मजबुत पार्न स्थानीय सरकारले ध्यान दिनुपर्ने पर्यटन व्यवसायी रमेश राईले सझाव दिए ।


गाउँपालिकाकै सक्रियतामा टेम्केडाँडादेखि मैयुङ हुदै साल्पासिलिछो गाउँपालिकाको सिलिचुङसम्मको मुन्दुम पदमार्गको नक्सा हालै सार्वजानिक भएको सन्दर्भलाई जोड्दै थप प्रबद्र्धनमा जोड दिनुपर्ने तर्क पेश गरे ।

प्रकाशित : श्रावण २६, २०७५ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?