१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

‘हाम्रो डाक्टर’को अनलाइन स्वास्थ्य सेवा संस्करण

काठमाडौँ — ‘हाम्रो डाक्टर’ ले आफनो दोश्रो वार्षिकोत्सवमा अनलाइन सेवा संस्करण सुरु गरेको छ । 

‘हाम्रो डाक्टर’को अनलाइन स्वास्थ्य सेवा संस्करण

अस्पताल तथा चिकित्सकको विवरणसंगै स्वास्थ्यसम्बन्धी जानकारी दिने उद्देश्यले मोवाइल एप्लिकेसन र वेबसाइटको रूपमा हाम्रो डाक्टर सुरु भएको हो । यो पोर्टलले हाल करिब २० हजार चिकित्सकको व्यक्तिगत विवरणसहित करिव ३ सय भन्दा बढी अस्पतालको विवरण उपलब्ध गराएको छ ।


हेल्दीलाइफ फाउण्डेसनका अध्यक्ष एवं सीईओ उद्धवराज भेटुवालले समाचार, सूचना तथा सहजीकरणका साथै पहिलोपटक अनलाइन स्वास्थ्य सेवा उपलब्ध गाएको जानकारी दिए ।


वार्षिकोत्सवका अवसरमा भएको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले ‘हाम्रो डाक्टर’को अनलाइन स्वास्थ्य सेवा संस्करणलाई शुभकामना दिइन् ।

प्रकाशित : चैत्र १०, २०७४ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?