कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

माओवादीले पछिसम्म सोचेर राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो : पोखरेल

'हामीले गठबन्धनमा सहमतिकै लागि राष्ट्रिय सभा अध्यक्ष दाबी गरेका हौं । उम्मेदवारी फिर्ता हुँदैन । अर्को गठबन्धन बनाउन राष्ट्रिय सभा अध्यक्षमा दाबी गरेको पनि होइन '

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मन्त्रीहरू हेरफेर गर्ने विषयले बढाएको दूरी राष्ट्रिय सभा अध्यक्षमा छुट्टाछुट्टै उम्मेदवारी दिने तहसम्म पुगेको छ । दाहालले पार्टीको स्थायी समिति बैठकबाट बुधबार राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने औपचारिक निर्णय नै गराएका छन् । 

माओवादीले पछिसम्म सोचेर राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो : पोखरेल

दाहाल र देउवाकै समझदारीमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने योजनाका साथ राष्ट्रिय सभामा ल्याइएको नेताहरूको दाबी छ । यसै सन्दर्भमा कान्तिपुरले माओवादी उपमहासचिव गिरिराजमणि पोखरेलसँग गरेको कुराकानी :

कांग्रेसले दाबी गरिरहेका बेला माओवादीले किन राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय लियो ?

माओवादीले पछिसम्म सोचेर राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको हो । स्थायी समितिमा राष्ट्रिय सभा अध्यक्ष छाड्न हुन्न भन्ने आवाज दह्रोसँग उठेको छ । पछि कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गरेको अवस्थामा संवैधानिक परिषद्मा हाम्रो रिक्तता हुन्छ । त्यसैले यो निर्णय भएको हो ।

माओवादीको उम्मेदवारमाथि गठबन्धनमा सहमति होला ?

माओवादी राष्ट्रिय सभामा सबभन्दा ठूलो दल हो । हामीले सभाको अध्यक्ष दाबी गर्नु तथ्यसंगत छ । सबै राजनीतिक शक्ति मिलेर यहाँसम्म आएका हौं, अब पनि गठबन्धनमा सहमति गरेर जानुपर्छ ।

माओवादी दाबीले गठबन्धनमा दरार आउँदैन र ?

हामीले गठबन्धनमा सहमतिकै लागि राष्ट्रिय सभा अध्यक्ष दाबी गरेका हौं । उम्मेदवारी फिर्ता हुँदैन । अर्को गठबन्धन बनाउन राष्ट्रिय सभा अध्यक्षमा दाबी गरेको पनि होइन । यही गठबन्धन रहिरहनुपर्छ भन्ने हाम्रो मान्यता हो । कांग्रेस महासमिति बैठकले गठबन्धनबारे प्रश्न उठाएको छ । गठबन्धन सधैं रहिरहन्छ भन्ने छैन । महासमितिमा माओवादी जनयुद्धलाई गलत ढंगले व्याख्या गरिनुचाहिँ समीक्षाकै विषय बनेको छ । यसबारे गठबन्धनमा गम्भीर छलफल हुनुपर्छ ।

कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष छाडेन भने एमालेसँग सहकार्य हुन्छ ?

कांग्रेसले आफ्नो दाबी नछाडे के गर्ने त्यसबेला निर्णय हुन्छ । एमालेसँग शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन छलफल हुन्छ ।

सम्बन्धित समाचार

प्रकाशित : फाल्गुन १७, २०८० ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?