कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रकाशमान र शेखर मिलेर आउनुभयो भने सहयोग गर्छु : पौडेल

काठमाडौँ — कांग्रेस सभापतिमा शेरबहादुर देउवाको प्रतिस्पर्धी को ? महाधिवेशन ढोकामै आइपुग्दा पनि अनिश्चय उस्तै छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले ‘ससर्त’ दाबी छाडेका छन् ।

प्रकाशमान र शेखर मिलेर आउनुभयो भने सहयोग गर्छु : पौडेल

तर, शेखर कोइराला र प्रकाशमान सिंहबीच सहमति नभएसम्म पौडेल मिलनबिन्दु बन्ने सम्भावना पनि उत्तिकै बलियो छ । यसै सन्दर्भमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग गरिएको कुराकानी :

सभापतिमा देउवाको प्रतिस्पर्धामा को उठ्ने भन्नेमा तपाईंको समूहमा सहमति बनेको हो ?

सहमति नै बनिसकेको त छैन । अलिकति मिल्न बाँकी छ । जिल्लाका सभापति, पूर्वसभापति, प्रदेशका सभापति र उम्मेदवारहरूको धारणा बुझौं, त्यसपछि निर्णयमा जाउँला भन्ने कुरा भएको छ ।

तपाईं आफूले उम्मेदवारको दाबी छाडिसक्नुभएको हो ?

शेरबहादुर देउवाजीसँगको प्रतिस्पर्धामा जित्न सक्ने गरी विकल्पका आधारहरू प्रस्तुत गर्नुहोस्, तपाईंहरू मिलेर विकल्प दिन तयार हुनुभयो भने सहयोग गर्छु भनेको छु । होइन भने द्विविधा नराखी मलाई सहयोग गर्नुहोस्, मलाई सहयोग गर्दा सबै अटाउन सकिन्छ भन्ने मेरो भनाइ छ । तन, मन र धनले सहयोग गर्नुभयो भने म अघि बढ्छु । नत्र तपाईंहरू मिल्नुहोस्, एक भएर आउनुहोस् । मेरो आपत्ति छैन भन्ने स्पष्ट पारेको छु ।

आजै बैठकले किन निर्णय गर्न सकेन त ?

सभापतिमा हाम्रोतर्फबाट एक जना मात्रै उम्मेदवार बन्नुपर्छ, नत्र हामीले सक्दैनौं भन्ने सबै साथीको भनाइ रह्यो । सुझाव दिने साथीहरूको भनाइ के थियो भने विभिन्न संघर्षको मोर्चामा नेतृत्व गरेको, अप्ठ्यारो परिस्थितिमा जुँधेको र वरिष्ठ पनि भएकाले पौडेलको नेतृत्वमा टिम बनाउँदा राम्रो हुन्छ । तर, अन्य दाबेदार साथीहरूबीच सहमति हुन्छ भन्ने म बाधक बन्दिनँ भनेर मैले भनें । पार्टीलाई जोगाउन, राजनीतिलाई सम्मानित बनाउने अभियानमा हामी छौं । तर कसको नेतृत्वमा लड्ने भन्ने टुंगो भोलिसम्म गर्ने सहमति भएको छ ।

बुधबार तपाईंहरूले साझा उम्मेदवार तय गर्न सक्नुहुन्छ त ?

अब धेरै कुरा प्रकाशमान सिंह र शेखरजीमा गएर अड्किएको छ । उहाँहरूबीच समझदारी भयो भने हुन्छ । समझदारी भएन भने पनि के गर्ने भन्नेबारे सबै साथीहरूको सुझाव लिएर एउटा निष्कर्षमा पुग्छौं ।

प्रकाशित : मंसिर २२, २०७८ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?