महन्थजीहरू प्रतिगमनको मतियार बन्नुभयो : उपेन्द्र यादव

काठमाडौँ — राजनीतिक स्थिरताका लागि ‘थ्रेसहोल्ड’ सहितका कानुनी प्रबन्ध गरिए पनि एक आवधिक निर्वाचन नसकिँदै दलहरू विभाजनकै चक्रव्यूहमा परेका छन् । नेकपापछि जनता समाजवादी पार्टी (जसपा) प्राविधिक रूपमा एक भए पनि मंगलबारदेखि व्यावहारिक रूपमा फुटेको छ ।

महन्थजीहरू प्रतिगमनको मतियार बन्नुभयो : उपेन्द्र यादव

यसै सन्दर्भमा अध्यक्ष उपेन्द्र यादवसँग गरिएको कुराकानी :

पार्टी औपचारिक रूपमै विभाजन भएको हो ?

हो । उहाँहरू (ठाकुर पक्ष) ले पार्टीमा अनुशासनहीन, अराजकता मच्चाउने, विधि, पद्धति र प्रक्रियालाई नमान्ने काम गरेपछि यो स्थितिमा आउनुपर्‍यो । अब एक भएर अघि बढ्ने सम्भावना कम देखिएको छ ।

त्यसो भए अब एकताको कुनै सम्भावना छैन ?

अहिलेसम्म गरेको गल्ती सच्याउनुका साथै पार्टी नीतिविपरीत जान्न भनेर आउनुभयो भने एकताको सम्भावना पनि छ । पार्टीको नीतिविपरीत रहेर एकता हुन सक्दैन ।

पहिलो अध्यक्षको उपस्थितिबिना बसेको बैठकले मान्यता नपाउने भन्ने उहाँहरूको भनाइ छ नि ?

त्यो गलत हो । पार्टीको विधानमा पहिलो र दोस्रो अध्यक्ष भन्ने छैन । दुवै अध्यक्ष बराबरी हो । अरूले तपाईं भनोस् नभनोस् आफैं मपाईं भन्ने काम हो ।

तपाईंमाथि नै पनि कारबाही भएको छ नि ?

यसको कुनै अर्थ छैन । आधार पनि छैन । उहाँहरू पार्टीको निर्णयविपरीत जानुभयो । पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकले स्पष्टसँग ओलीलाई प्रतिगामी भनेको छ । प्रतिगामी ओलीको नेतृत्वको सरकारमा जाने र सहयोग गर्ने काम पार्टीको निर्णयविपरीत छ ।

बारम्बार सचेत गराउँदा पनि उहाँहरू प्रतिगमनको मतियार बन्नुभयो । त्यसैले जेठ ८ गतेको केन्द्रीय कार्यकारिणी समितिको बैठकको स्पष्टीकरण सोध्ने र आज (मंगलबार) बसेको बैठकले निष्कासन गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार

प्रकाशित : जेष्ठ १९, २०७८ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?