'हामीले लोकतान्त्रिक व्यवस्था चलाउने व्यक्ति नै पाएनौँ'

'लोकतान्त्रिक संस्थाभन्दा अहिले राष्ट्रपति र प्रधानमन्त्री बलिया भएका छन्'

काठमाडौँ — २०६२/६३ को जनआन्दोलनको मूल लक्ष्य राजतन्त्र हटाएर लोकतन्त्र स्थापना गर्नु मात्र थिएन, राजनीतिक संस्कार, चिन्तन, कार्यशैली र समग्र सामाजिक रुपान्तरण गर्नु पनि थियो ।

'हामीले लोकतान्त्रिक व्यवस्था चलाउने व्यक्ति नै पाएनौँ'

लोकतन्त्र स्थापना भएको १५ वर्ष पुगिसक्दा पनि नागरिकका अपेक्षाअनुसार राजनीतिले लय समातेको छैन । यसै सन्दर्भमा कवि अर्जुन पराजुलीसँग गरिएको छोटो कुराकानी :

२०६२/२०६३ को जनआन्दोलनलाई फर्केर हेर्दा कस्तो लाग्छ ?

त्यो बेलाको आन्दोलन सम्झँदा त राम्रै लाग्छ । सबैलाई थाहै छ । आन्दोलनले जे सोचेको थियो त्यसअनुसार काम भएन ।

तपाईंले आन्दोलनमा होमिँदा के आश गर्नुभएको थियो ?

आश गर्ने व्यक्तिले आन्दोलनमा लाग्दैन । आन्दोलनमा आश गरेर केही पाइएला भनेर लाग्ने व्यक्ति पनि थिए होलान् । तर हामी त्यसरी लागेनौं । राजतन्त्र फाल्नुपर्छ भनेर हामी आन्दोलनमा लागेका थियौं ।

कान्तिपुर अर्काइभबाट

दोस्रो जनआन्दोलन भएको पनि १५/१६ वर्ष बित्यो । आन्दोलनबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशितामा मुलुक प्रवेश गरेको छ । यसमा राम्रो/नराम्रो के भएजस्तो लाग्छ ?

सबै के-के कसरी प्राप्त गरे त्यो अलग्गै कुरा होला । वास्तवमा यो देशमा व्यवस्था परिवर्तन गर्नुथियो र गणतन्त्र ल्याउनु थियो । हामी त्यसमा लागेका थियौं । त्यसबाहेक क-कसले के ल्याए त्यो अरु नै कुरा होला । हामीले त्यो प्राप्त पनि गर्‍यौं । तर अहिले त्यो व्यवस्था चलाउने व्यक्ति हामीले प्राप्त गर्न सकेनौं ।

के हुनुपर्थ्यो ? हामी सही बाटोमा छौं कि कहाँनेर बाटो बिराइयो ?

राजनीतिकर्मीहरुले जनता र देशको लागि काम गर्नुपर्थ्यो । त्यो नगरेर आफ्नो लागि काम गरे । देश र जनता लुटेर आफ्ना लागि गरे ।

पछिल्लो समय लोकतान्त्रिक संस्थाहरु बलिया भएका छन् कि छैनन् ?

लोकतान्त्रिक संस्थाभन्दा अहिले राष्ट्रपति र प्रधानमन्त्री बलिया भएका छन् । उनीहरुकै हालिमुहाली छ । जन्मँदै जंगबहादुर भएका छन् । संविधान नै आफ्नो खल्तीमा राखेर प्रतिगमन गरे ।

देश संघीय व्यवस्थामा गए पनि कार्यान्वयनमा कमजोरी भयो भन्ने छ । अहिले संघीयताको सही प्रयोग भइरहेको छ त ?

त्यो राजनीति गर्नेलाई नै सोध्नुस ।

उपलब्धिको बाधक केलाई ठान्नु हुन्छ ?

मान्छेलाई । मान्छेको गलत सोचाइ । उपलब्धिको बाधक भनेको त अहिले जसले नेतृत्व गरिरहेका छन् उनीहरु नै हुन् ।

प्रकाशित : वैशाख ११, २०७८ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?