मुलुक कोरोनाले थिलथिलो भएको बेला जनप्रतिनिधिको सर्वोच्च संस्था संसद भने बन्द छ । केही संसदीय समितिका बैठकहरू बसेर सरकारलाई निर्देशन दिनेबाहेक संसदले देखिने काम गर्न सकेको छैन ।
सत्तारूढ नेकपा र विपक्षी दल कांग्रेसका मुख्य नेताहरूले राजनीतिक प्रतिष्ठाको विषय बनाउँदा झन्डै तीन वर्षदेखि थाती रहेको प्रदेशको नाम र राजधानी प्रदेश ५ को प्रदेशसभाले मंगलबार वैधानिक रूपमा टुंग्याएको छ ।
२०६९ असारदेखि सुरु चिकित्सक डा.गोविन्द केसीको अनशन र आवाजकै कारण ‘चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल २०७२’ गठन भयो । प्राध्यापक केदारभक्त माथेमाको संयोजकत्वमा गठित उक्त कार्यदलले २०७२ साउनमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई प्रतिवेदन बुझाएपछि त्यसमा रहेका बुँदागत सुझाव र त्यसपछि डा. केसीसँग गरिएका सहमति कार्यान्वयन नभएको प्रतिरोधमा डा. केसी यतिखेर १९ औं पल्टको आमरण अनशनमा छन् ।
कोरोनाको कहरबाट संसद पनि अछुतो रहेन । सत्तारुढ नेकपाको आन्तरिक कलहका कारण एकाएक संसद अधिवेशन अन्त्य गरिएको अवस्थामा संसदीय समिति क्रियाशील हुने विश्वास थियो । तर, कोरोना संक्रमण फैलिँदै गएकाले करिब ४ महिनाभन्दा बढी समय संसदीय समितिका गतिविधि ठप्प भए ।
जुम्लामा सत्याग्रह थालेका डा. गोविन्द केसी मंगलबार नेपालगन्ज हुँदै काठमाडौंमा आइपुगेका छन् । यसअघिका सत्याग्रहकै क्रममा सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने मुख्य उनको माग छ ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा चार वर्ष बिताएर गत साता बिदा भएका कुलमान घिसिङलाई फेरि नियुक्ति दिनुपर्ने मागले सामाजिक सञ्जालदेखि सडकसम्म चर्चा भइरहेको छ । उनी पनि यो चर्चाबार बेखबर छैनन् । प्राधिकरणबाट निस्कँदा पाएको चर्चाले आफूलाई सन्तुष्टि दिएको घिसिङ बताउँछन् ।
झन्डै २४ वर्षदेखि चीनमा रहेर चिकित्सा क्षेत्रमा अनुसन्धान तथा अध्ययन–अध्यापन गराउँदै आएका छन्, डा. राजिव झा । चीनले कोरोना भाइरसको नियन्त्रणमा निर्वाह गरेको भूमिकाबारे उनी जानकार छन् । लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि चीनबाट फर्किएर नेपालमै रहेका उनले नेपाल सरकारले कोरोना नियन्त्रणमा गरेको काम पनि देखे । डा. झासँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :
विधि–पद्धतिमा पार्टी चलाउनुपर्ने, एक व्यक्ति एक जिम्मेवारी लागू हुनुपर्ने र सरकारलाई प्रभावकारी बनाउनुपर्नेलगायतका मुद्दा लगातार उठाउँदै आएका नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको ‘सम्पूर्ण’ चासो ७९ दिन चलेर सकिएको स्थायी कमिटी बैठकले समेत सम्बोधन गर्न सकेन ।
सत्तारुढ नेकपाको आन्तरिक विवाद लामो अन्तरविरोधपछि तत्कालका लागि विसर्जन भएको छ । नेताहरुबीचको तुष भने पूर्ण रुपमा मत्थर भएको छैन । तैपनि चरमचुलीमा पुगेको विवाद अब पार्टी नफुट्ने निश्चिततासहित सुरक्षित अवतरण भएको छ ।