कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

साकेला गाउँपालिकाका सामुदायिक विद्यालयलाई स्मार्ट टीभी

श्रावण २०, २०८१
साकेला गाउँपालिकाका सामुदायिक विद्यालयलाई स्मार्ट टीभी

खोटाङ — साकेला गाउँपालिकाका सामुदायिक विद्यालयहरूलाई स्मार्ट टीभी प्रदान गरिएको छ । उक्त गाउँपालिकाका तीन माध्यमिक तहका विद्यालयलाई स्मार्ट शिक्षण सिकाइका लागि स्मार्ट टीभी प्रदान गरिएको हो । 

गाउँपालिकाका कर्मचारी डिएम चाम्लिङका अनुसार वडा नम्बर ५ को सरस्वती माध्यमिक विद्यालय, वडा नम्बर ३ को शिद्देश्वरी माध्यमिक विद्यालय र वडा नम्बर १ को चण्डेश्वरी प्रस्तावित माध्यमिक विद्यालयलाई स्मार्ट टीभी हस्तान्तरण गरिएको हो । प्रविधिमैत्री शिक्षण सिकाइका लागि स्मार्ट टेलिभिजन प्रदान गरिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए ।

पालिकाले निर्माण गरेको आवधिक योजनाअनुसार डिजिटल गाउँपालिका निर्माण गर्ने उद्देश्यले गौरवको योजनामा राखेर काम थालिएको राईले सुनाए । उक्त गाउँपालिकाका माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० सम्म कम्प्यटर शिक्षा पढाई सुरु गरिएको समेत राईले बताए । ‘यसै शैक्षिक सत्रबाट सानो कक्षादेखि नै अनिवार्य अंग्रेजी, कम्प्युटर लगायतका विषय पठनपाठन सुरु गरिने छ,’ राईले भने, ‘हरेक शुक्रबार अतिरिक्त क्रियाकलापसँगै नैतिक विषयमा पठनपाठन गर्ने गाउँशिक्षा समितिले निर्णय गरेको छ ।’

प्रकाशित : श्रावण २०, २०८१ २१:५४
x
×