२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

त्रिवि सेवा आयोग सदस्यमा भट्टराई नियुक्त

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्यमा बुधबार प्रा.डा. अजय भट्टराई नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले उनलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

त्रिवि सेवा आयोग सदस्यमा भट्टराई नियुक्त

शिक्षामन्त्री सुमना श्रेष्ठ अध्यक्षताको सिफारिस समितिले दरखास्त आह्वान गरी कार्ययोजना र सोचपत्रको मूल्यांकन गरी उनको नाम गतसाता सिफारिस गरेको थियो । विराटनगरका भट्टराई त्रिविमा विज्ञानतर्फ केमेष्टी विषयका प्राध्यापक हुन् । उनी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा प्राध्यापनरत थिए ।

कम्तीमा १० वर्षदेखि प्राध्यापनरत, दुई वर्ष उच्च शैक्षिक संस्थामा व्यवस्थापकीय जिम्मेवारी सम्हालेको प्राध्यापकबाट दरखास्त आह्वान गरिएको थियो । आवेदन दिएका ८ जनाको मूल्यांकन गरेर भट्टराई र वैकल्पिक उमेदवारमा प्रा.डा. सञ्जय आचार्यको नाम सिफारिस गरिएको समितिले जनाएको छ । नवनियुक्त भट्टराईले कुलपतिबाट बुधबार नै नियुक्तिपत्र बुझेका छन् । उनको कार्यकाल ३ वर्षको हुनेछ ।

गत पुसमा सेवा आयोगका सदस्य हेमराज ढकालको कार्यकाल पूरा भएपछि उक्त पद रिक्त थियो । उनको नियुक्तिसँगै सेवा आयोगले पूर्णता पाएको छ । आयोगले त्रिविमा अध्यापक, कर्मचारी प्रतिस्पर्धाको आधारमा नियुक्ति तथा बढुवासम्बन्धी काम गर्छ । आयोगका कुलपति नियुक्ति गरेका अध्यक्ष र लोक सेवा आयोगका सदस्य अर्को सदस्य प्रतिनिधि हुने व्यवस्था छ । आयोगमा घनश्याम भट्टराई अध्यक्ष छन् ।

प्रकाशित : जेष्ठ २, २०८१ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x