ताप्लेजुङ पुग्यो पाठ्यपुस्तक 

आनन्द गौतम

ताप्लेजुङ — हिमाली जिल्ला ताप्लेजुङ सदरमुकाम फुङलिङमा सामुदायिक विद्यालयका पुस्तक पुगेको छ । जनक शिक्षा सामग्रीद्वारा वितरण गर्ने पुस्तक शुक्रबार बेलुका पुगेको पुस्तक तथा स्टेशनरी व्यवसायीले जनाएका छन् । शनिवार र आइतबार दुई दिन गोदाममा पुस्तक मिलाउने र सोमवारदेखि वितरण सुरु गर्ने व्यवसायी महासंघका अध्यक्ष ज्ञानप्रसाद मिश्रले जानकारी दिए । गत वर्षको तुलनामा यो वर्ष १० दिन अघिदेखि नै वितरण सुरु गर्न लागेको हो ।

ताप्लेजुङ पुग्यो पाठ्यपुस्तक 

गतवर्ष चैत २८ गतेदेखि मात्रै वितरण सुरु गरेको थियो । मिश्रका अनुसार सोमवार विहान ७ बजेदेखि शिक्षकहरुको अनुकुलता अनुसार जुनसुकै समयमा खरिद गर्ने गरीको ब्यवस्था मिलाइएको छ ।

जिल्लामा स्टेशनरी व्यवसायीले सामुदायिक बिद्यालयको पुस्तक संयुक्त रुपमा बिक्री गर्दै आएका छन् । ‘जनक शिक्षाले अग्रिम भुत्तानी गरेपछि मात्रै किताब दिन्छ, जिल्लाभरिका लागि भित्र्याउन डेढ करोड वराबरको लागत लाग्छ, त्यसैले हामी संयुक्त रुपमा ल्याएर बिक्री गछौं,' मिश्रले भने । योवर्ष कक्षा १ देखि ७ सम्मका पुस्तक अंग्रेजी र नेपाली दुवै भाषामा रहेको महासंघका उपाध्यक्ष केशवप्रसाद भट्टराईले जानकारी दिए ।

कक्षा १ देखि १० सम्म प्रतिकक्षा १५ सय सेटको दरले भित्र्याएको संघले १ देखि ७ सम्मको अग्रेजी मिडियम र लिम्वू भाषाको आनीपान ५ सयका दरले भित्र्याएको छ । मैवाखोला, आठराई त्रिवेणी, मिक्वाखोला र सिरिजंगा गाउँपालिकाका कतिपय विद्यालयले वाहिर जिल्लाबाट ल्याउने गरेका छन् । जिल्लाका बाँकी विद्यालयले सदरमुकाम फुङलिङबाटै लाने गरेको भट्टराई बताए ।

व्यवसायीले व्यक्तिगतरुपमा विक्री गर्दा कतिपय विद्यालयले वर्षैपिच्छे पसल फेर्ने र पैसा नतिर्ने गरेपछि व्यवसायी संगठित हुनु परेको व्यवसायी बताउँछन्। अहिले आएको पुस्तकले जिल्लाका विद्यार्थीलाई पुग्ने र नपुगे तत्काल ल्याउने गरिको ब्यवस्थापन मिलाइएको अध्यक्ष मिश्र बताउँछन् ।

महासंघका अनुसार कक्षा १ को मुल्य ५ सय २०, २ को ५ सय ५६, ३ को ५ सय ८१, ४ को ५ सय ९७, ५ को ६ सय ३४ रुपैंया निर्धारण गरिएको छ । ६ को ७ सय ७, ७ को ७ सय ४८, ८ को ८ सय ८२, ९ को ७ सय ७० र १० को ९ सय २४ रुपैया मुल्य सुची रहेको छ ।

ऐच्छिक बिषयको मुल्य थप हुनेछ । सदरमुकाम देखिको ढुवानी भाडा विद्यालयले नै ब्यहोर्नु पर्छ । प्रधानाध्यापकले जाँगर चलाए बैशाख पहिलो साता जिल्लाका सवै विद्यार्थीको हातमा नया पुस्तक पुग्ने व्यवसायी बताउँछन । बैशाख ५ गतेलाई पुस्तक दिवसको रुपमा मनाउने गरिएको छ । भौगोलिक हिसावले डोल्पा र हुम्लापछिको तेश्रो ठुलो जिल्ला ताप्लेजुङका ओलाङचुङगोला, घुन्सा, याङमा, फले, ग्याव्ला जस्ता वस्तिमा किताव पुर्याउन चार दिनसम्म लाग्ने गरेको छ ।

प्रकाशित : चैत्र १७, २०८० १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?