कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

विल्सन एकेडेमीले मनायो २९ औँ वार्षिकोत्सव

काठमाडौँ — सीतापाइलास्थित विल्सन एकेडेमीले शनिबार २९ औँ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा विद्यालयले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । विद्यार्थीहरुलाई विद्यालयका अध्यक्ष अर्जुनसिंह ठकुरीले उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए ।

विल्सन एकेडेमीले मनायो २९ औँ वार्षिकोत्सव

‘विद्यार्थीलाई शैक्षिक मात्रै होइन, अतिरिक्त क्रियाकलापसहित जीवनउपयोगी सीप पनि सिकाउनुपर्छ,’ अध्यक्ष ठकुरीको भनाइ थियो । विद्यालयले सो अवसरमा नायक राजेश हमालसँग अन्तर्क्रिया गराएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी नायक हमालले हरेक व्यक्ति मेहिनेत र आफूमाथिको विश्वासले मात्रै व्यक्तिगत जीवनमा अघि बढ्न सक्ने बताए ।

‘हरेक व्यक्ति आफैंमा एक भव्य व्यक्तित्व हो, आफ्नो पहिचान र सीपमा गर्व गर्नुपर्छ । प्रत्येक व्यक्ति आफैंमा पृथक हो,’ हमालले भने, 'मिहिनेत र आफूमाथिको विश्वासले मात्रै व्यक्ति जीवनमा अघि बढ्नसक्छ ।’

उनले विद्यार्थीहरुलाई मोबाइल र अन्य प्रविधिले अवरोध समेत गरिरहेको बताए । ‘सबै कुरा एकै व्यक्तिले राम्रो गर्न सक्दैन, तर कुनै एक विषयमा हरेक व्यक्ति अब्बल हुनसक्छ,' उनले भने । उनले बालबालिकालाई अभिभावकले कुनै पनि विषयमा जबरजस्ती गर्नु ठीक नहुने, तर अभिभावकले नै बच्चालाई सही बाटोमा हिडाउन सक्ने बताए ।

सो क्रममा नायक हमालले आफ्नो अभिनय जीवनको अनुभूति समेत सुनाए । 'हरेक पटक नयाँ अभिनय गर्न नयाँ जीवन जिउनुपर्छ । तपाईसँग आत्मविश्वास छैन भने अभिनयमा नआउनुस् । अभिनय सुरक्षित पेशा होइन, लगाव आस्था र आफूमाथिको विश्वास नभए अभिनयमा टिक्क सकिदैन,' हमालले भनेका थिए ।

उनले आत्मविश्वासका साथ मेहिनेत गर्ने सबैले आफ्नो क्षेत्रमा सफलता हासिल गर्न सक्ने बताए ।

प्रकाशित : फाल्गुन १९, २०८० १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?