कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

काठमाडौंमा बेलायत अध्ययनसम्बन्धी मेला हुँदै 

काठमाडौँ — बेलायत अध्ययनका लागि इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी एसआई–यूकेले ‘एजुकेसन फेयर’ गर्ने भएको छ । 

काठमाडौंमा बेलायत अध्ययनसम्बन्धी मेला हुँदै 

फेब्रुअरी ३ मा एसआइ यूकेको पुतलीसडकस्थित केन्द्रीय कार्यालय काठमाडौंमा सुरू हुने फेयर फेब्रुअरी ५ मा पोखरा, ७ मा बुटवल र ९ मा चितवनमा हुने कम्पनीले पत्रकार सम्मेलन गरी जनाएको हो । बेलायतका उत्कृष्ट ३५ विश्वविद्यालयका प्रतिनिधिको उपस्थितिमा नेपाली विद्यार्थीलाई बेलायत अध्ययनसम्बन्धी जानकारी दिन मेला गर्न लागेको एसआइ यूकेका निर्देशक विनय अधिकारीले बताए ।

एजुकेशन फेयरमा बेलायती विश्वविद्यालयहरूको शैक्षिक वातावरण, अध्ययन शुल्क, बेलायतको नियम कानुनसम्बन्धी जानकारी लगायतका विषयमा विद्यार्थीहरूले प्रत्यक्ष कुराकानी गर्न पाउनेछन् । ‘पछिल्लो समय बेलायत सरकारले विद्यार्थीहरूका लागि नयाँ नीति ल्याएको छ । यो नीतिको बजारमा गलत प्रचार पनि भइरहेको छ,’ अधिकारीले भने, ‘अध्ययन अनुसन्धान गर्न जानेको हकमा कुनै समस्या छैन, विशुद्ध पढ्न जाने विद्यार्थीलाई नयाँ नीतिले कुनै असर पनि गर्दैन ।’

अधिकारीका अनुसार स्नातक र स्नातकोत्तर तह अध्ययनका लागि डिपेन्डेन्ट भिसामा बेलायत जाने विद्यार्थीका हकमा मात्र केही नियम परिवर्तन भएको हो । अनुसन्धान र त्योभन्दा माथि अध्ययन गर्न जानेहरूको हकमा कुनै समस्या नरहेको उनले बताए ।

अध्ययनका लागि गएका विद्यार्थीसँग अन्य कुनै सीप भएको खण्डमा केही दिनमै काम पाउने गरेका उनको भनाइ छ । बेलायत पुग्ने विद्यार्थीले पढाइको बीचमा पनि साताको २० घण्टा काम गर्न अनुमति पाउने गरेका छन् । एसआइ यूकेबाट बेलायत पुगेको विद्यार्थीलाई आवास, काम र क्षमता अभिवृद्धिका लागि तालिम समेत दिने गरिएको अधिकारीले बताए ।

‘विद्यार्थी पढ्न पठाउने हाम्रो चाहना हो । अध्ययनपछि विद्यार्थीले नेपाल फर्केर देशका लागि केही इन्भेस्ट गरून भन्ने हाम्रो उद्धेश्य हो,’ अधिकारीले भने । एसआइ यूकेबाट बेलायत अध्ययन गर्न गएका विद्यार्थीलाई समस्या परेको खण्डमा आफूले नै समाधान गरिदिने उनको दाबी छ ।

प्रकाशित : माघ १६, २०८० १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?