कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

देशभक्त नागरिक उत्पादन गर्ने शिक्षा नीति बनाऔं : उपमहासचिव पुन 

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले देशभक्त नागरिक र जनशक्ति उत्पादन गर्ने शिक्षा नीति बनाउनुपर्नेमा जोड दिएका छन् । 

देशभक्त नागरिक उत्पादन गर्ने शिक्षा नीति बनाऔं : उपमहासचिव पुन 

प्रतिनिधिसभामा जारी विद्यालय शिक्षा विधेयक–२०८० माथिको छलफलमा भाग लिँदै शुक्रबार पुनले वैज्ञानिक, प्राविधिक र देशभक्त नागरिक उत्पादन गर्ने खालको शिक्षा नीति बनाउन संविधानले निर्दिष्ट गरेको उल्लेख गरे ।

संविधान निर्माण भएको ८ वर्षपछि ढिलै भए पनि सरकारले विद्यालय शिक्षा विधेयक संसद‌्‌मा ल्याएकामा धन्यवाद दिनुपर्ने भन्दै पुनले कतिपय त्रुटिलाई छलफल र संशोधनमार्फत सच्याएर परिस्कृत कानुन निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे ।

‘सरकारले ढिलो भए पनि विद्यालय शिक्षा विधेयक संसद्‌मा ल्याएकोमा धन्यवाद दिन चाहन्छु’, पुनले भने, ‘संविधानको मूल सैद्धान्तिक मर्म भनेको हामीले यस्तो राष्ट्रिय जनशक्ति उत्पादन गरौं, जसले देशलाई समाजवादतिर लिएर जान सकोस् । वैज्ञानिक, प्राविधिक र देशभक्त नागरिक यार पार्ने शिक्षाको कुरा हो । त्यस प्रकारको शिक्षाको प्रिन्सिफल वा सिद्धान्ततिर संधिानले दिशानिर्देश गरेको छ ।’

सरकार स्वयंले शिक्षकसहित सरोकारवालासँग विधेयकमा भएका कमजोरीलाई सार्वभौम संसद्‌मार्फत सच्याएर सबैको भावना समेटिने गरी कानुन बनाउने प्रतिबद्धता जनाएको भन्दै उनले विधेयकमा पर्याप्त छलफल र परिमार्जन जरुरी रहेको औंल्याए । विधेयकका कतिपय व्यवस्था संघीय प्रणाली अनुकूल नभएको भन्दै उनले परिमार्जन गरिनुपर्ने बताए ।

प्रकाशित : आश्विन १९, २०८० २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?