कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोमा छैनन् महिला

रासस

काठमाडौँ — चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च निकाय पोलिटब्युरोमा पूर्ण सदस्यका रुपमा एक जना पनि महिला चयन भएका छैनन् । चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासमा २५ वर्षपछि पहिलोपटक महिलाहरू पोलिटब्युरोमा नछानिएका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोमा छैनन् महिला

उक्त पार्टीको पोलिटब्युरोमा यसअघिको कार्यकालमा सन चुनलान सदस्य रहे पनि यसपटक उनलाई अवकास दिइएको छ । र हाल कुनै पनि महिला पोलिटब्युरोमा छानिएका छैनन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी चिनफिङ महासचिवमा निर्वाचित भएका छन् । सी लगातार तेस्रो कार्यकालका लागि महासचिवमा चयन भएका हुन् ।

सीको अध्यक्षतामा भएको उक्त सत्रमा चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिका दुई सय तीन सदस्य र एक सय ६८ वैकल्पिक सदस्यको सहभागिता थियो । एक हप्ता लामो बैठकपछि पाँच वर्षमा एक पटक आयोजना हुने राष्ट्रिय महाधिवेशन आइतबार सम्पन्न भएको हो ।

प्रकाशित : कार्तिक ६, २०७९ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?