१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

युनिग्लोब कलेजलाई उत्कृष्ट बिजनेस स्कुल अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — युनिग्लोब कलेजले यस वर्षको 'उत्कृष्ट बिजनेस स्कुल अवार्ड–२०२२' पाएको छ । कलेज रिडर्सले दुबईमा आयोजना गरेको कार्यक्रममा कलेजलाई उक्त अवार्ड दिइएको हो । 

युनिग्लोब कलेजलाई उत्कृष्ट बिजनेस स्कुल अवार्ड

कार्यक्रमका प्रमुख अतिथि दुबई बिजनेस काउन्सिलका अध्यक्ष आशिक अलि, विशिष्ट अतिथि दुबई सरकारका प्रतिनिधि एवं सुरक्षा प्रमुख मोहम्मद हुसेन र नेपालबाट मधेस विश्वविद्यालयका उपकुलपति प्रा. दीपक शाक्यले संयुक्तरुपमा अवार्ड प्रदान गरेका थिए ।

कार्यक्रममा कलेजका तर्फबाट प्राचार्य नरबहादुर विष्ट र कार्यकारी निर्देशक गंगाधर दाहाल सहभागी थिए । विष्ट उत्कृष्ट प्राचार्य अवार्डबाट सम्मानित भए । उनले नेपालको परिप्रेक्ष्यमा युनिग्लोब कलेजले अनुसन्धानमूलक, व्यवहारिक तथा सीपमूलक शिक्षण पद्धतिमार्फत रोजगारमुखी व्यवस्थापक, उद्यमशील र नेतृत्वदायी मानव संशाधन उत्पादन गरिरहेको बताए ।

कलेजले २०१८, २०१९ र २०२२ मा पनि एमबीए र बीबीएतर्फ उत्कृष्ट कलेज अवार्ड प्राप्त गरिसकेको छ ।

प्रकाशित : कार्तिक २, २०७९ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?