१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

शक्ति र प्रेम

मोमिला

हे ईश्वर !
तिम्रो अध्यक्षतामा भइरहेको
आँसुको सम्मेलनमा
अचानक म हाँस्न पुगेछु
मलाई क्षमा गर ईश्वर !

शक्ति र प्रेम

आज, म

हाँसोको सम्मेलनमा हाजिर छु

बाटै छेक्ने कति घाउहरूको पर्खाल

आँसुको बाढीले भत्काएर

केवल तिम्रो दर्शनार्थ

यहाँसम्म आइपुगेको छु, ईश्वर !


म त तिमीमाथि भरोसा राखेर

कतै पुगिन्छ कि भनी हिँडिरहकै छु

तर, पुग्नुको कुनै आभास छैन

हे ईश्वर !

यतिखेर म बिल्कुल शून्यमा छु, शून्यमा !

कतै तिम्रो शक्तिमा पनि

अहङ्कारको सेपले

प्रेम बिल्कुल मुर्झाएको त होइन !


हुन त तिमी पनि एक्लो छौ ईश्वर !

यसर्थ तिमीले

जगतमा विश्वास साँचेको मान्छेमै

अन्तिम भरोसा खोज्यौ


तर, यो देशले जस्तै

तिमीले पनि

शक्ति र प्रेम एकसाथ भएको मान्छे

सायद, कहिल्यै भेटेनौ !

प्रकाशित : कार्तिक १, २०७७ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?