नाट्य प्रतिष्ठानले मनायो 'विश्व रंगमञ्च दिवस'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान र माला आर्टस् एकेडेमीको संयुक्त आयोजनमा ६२ औं 'विश्व रंगमञ्च दिवस' मनाइएको छ ।

प्रतिष्ठानको प्रांगणमा पर्फमिङ आर्टस् प्रस्तुत गर्दै यो दिवस मनाइएको हो ।

कार्यक्रम प्रतिष्ठानको कुलपति निशा शर्मा, उपकुलपति शम्भु राईलगायत नाट्यकर्मीहरुको उपस्थिति थियो । प्राध्यपक, लेखक अभि सुवेदीले अन्तर्राष्ट्रिय नाट्य समूहको सन्देश कार्यक्रममा सार्वजनिक गरे ।

संस्कृति तथा पर्यटनमन्त्री सुजन किराँतीले समाज बदल्न र विसंगति हटाउन कलाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । 'मलाई लाग्दैन कला केवल मनोरञ्जनको स्रोत हो । रंगमञ्च जीवनका लागि हो, जीवन रंगमञ्चका लागि,' किराँतीले भने ।

रंगकर्मी आकांक्षा कार्कीले महिला रंगकर्मीलाई कोटा प्रणालीमै सीमित नगर्न रंगकर्मीहरुलाई अनुरोध गरिन् ।

प्रकाशित : चैत्र १३, २०७९ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल प्रहरीको एआईजीमा ४ जना बढुवा सिफारिस

कान्तिपुर संवाददाता

काठमाडौँ — गृह मन्त्रालयले नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदमा चार जनालाई बढुवा सिफारिस गरेको छ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ सिफारिस भएका हुन् ।

भण्डारी प्रहरी प्रधान कार्यालय कार्यविभाग, कार्य निर्देशनालय, गिरी विशेष ब्युरो नक्साल, चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय र तामाङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा हाल कार्यरत छन् ।

उनीहरुको नाम अब मन्त्रिपरिषद्ले प्रस्तावको रुपमा जान्छ । त्यसपछि मन्त्रिपरिषद्ले निर्णय गर्छ ।



प्रकाशित : चैत्र १३, २०७९ १२:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×