२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पाठशालामा 'टुभेल्थ नाइट'

काठमाडौँ — प्रसिद्ध साहित्यकार विलियम सेक्सपियरद्वारा लिखित नाटक 'टुभेल्थ नाइट' काठमाडौंमा मञ्चन गरिएको छ ।

पाठशालामा 'टुभेल्थ नाइट'

करिब १ घण्टा १० मिनेट लामो उक्त नाटक पाठशाला नेपालको प्रस्तुतिमा थापागाउँस्थित पाठशाला स्कुलको थियटरमा प्रस्तुत गरिएको हो ।

नाटकलाई ओजस्वी भट्टराई र सौरभ न्यौपानेले गरेका हुन्। अंग्रेजी र नेपाली दुवै भाषामा संवादको समिश्रण रहेको नाटकमा छ । नाटकको केही अंशको नेपालीकरण पनि नाट्यनिर्देशक भट्टराईले नै गरेकी हुन्।

असल पुडासैनी, समिरन चालिसे, सदीक्षा भण्डारी, दर्शना नेपाल, सौर्य नरसिंह थापालगायतका २२ जनाले नाटकमा अभिनय गरेका छन् । उनीहरु पाठशाला नेपालका कक्षा ८ र ९ का विद्यार्थी हुन् । काल्पनिकता र हाँसोले भरिएको नाटकमा त्रिकोणात्मक प्रेम प्रसंगलाई नाटकमा देखाइएको छ ।

सेक्सपियरले १६ औं शताब्दीमा यो नाटक लेखेका हुन् । प्रेम एकातिर र विवाह अर्कोतिर भएर समापन हुने यस नाटकमा भ्रम र यथार्थको समिश्रणले एकापसको आकर्षणको साङ्लो चुडिँएको देखाइएको छ ।

यो नाटक गत माघ १३ र १४ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित पाठशाला साँझमा पनि देखाइएको थियो । निर्देशकको मिहिनेत र कलाकारको प्रस्तुतीलाई दर्शकले रुचि राखेकोले शनिबार पनि एक शो देखाइएको आयोजकले जनाएको छ ।

प्रकाशित : माघ २२, २०७९ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?