कौसीमा ‘साथी, साथी आइदेउन !’ 

काठमाडौँ — टेकुस्थिति कौसी थिएटरमा नाटक ‘साथी, साथी आइदेउन !’ मञ्चन हुने भएको छ । पुस २८ देखि माघ १५ गतेसम्म मञ्चन हुने नाटकलाई रंगकर्मी आशान्त शर्माले लेखन तथा निर्देशन गरेका हुन्।

कौसीमा ‘साथी, साथी आइदेउन !’ 

यसअघि कोरोना महामारीको असर र आम मानिसको खस्किँदो आर्थिक अवस्थालाई चित्रण गरेर शर्माले गत फागुन महिनामा नाटक ‘ढल्केको सालैजो’ कौसी थिएटरमै मञ्चन गरेका थिए ।

पछिल्लो नाटकमा पनि समकालीन मुद्दालाई विशेष रुपमा उठान गरिएको शर्माले बताए । ‘अहिलेको नाटक एक जना युवतीको कथा हो’, उनल भने,‘अहिलेको युवा पुस्ताको मानसिक स्वास्थ्यको पाटोलाई नाटकमा समेटिएको छ ।’

उनका अनुसार एक युवती जसको मानसिक अवस्थालाई घर, परिवार, साथीभाई कसैले बुझ्ने कोसिस गर्दैन । अन्तिम अवस्थामा मनको पीडालाई बुझ्ने कोही मान्छे प्रवेश गरेपछि युवतीमा आउने परिवर्तनलाई नै नाटकमा मुख्य विषयका रुपमा प्रस्तुत गरिएको छ ।

युवा पुस्ताले समकालीन समयमा भोग्दै आएको मानसिक स्वास्थ्य जस्तो विकराल रुपलाई नाटकले केही हदसम्म भए पनि सन्देश दिने शर्माको विश्वास छ ।

नाटकमा स्वयं शर्मासहित प्रभाकार न्यौपाने, सरला पराजुली, दिव्या मगर, छिरिङ शेर्पा, प्रनिश मगर लगायत कलाकारको अभिनय रहेको छ ।

प्रकाशित : पुस २४, २०७९ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?