१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आजकै दिन : अमेरिकामा मोनालिसा

काठमाडौँ — सन् १९६३ को आजकै दिन (जनवरी ८) मा लियोनार्दो दा भिन्चीको विश्वविख्यात चित्रकला ‘मोनालिसा’ अमेरिकामा पहिलो पटक प्रदर्शनीमा राखिएको थियो ।

आजकै दिन : अमेरिकामा मोनालिसा

अमेरिकाको नेसनल ग्यालरी अफ आर्टमा राखिएको चित्रको तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीसहित दुई हजार चर्चित व्यक्ति तथा निम्तालुले पहिलो दिनमा अवलोकन गरेका थिए । भोलिपल्टदेखि सर्वसाधारणका लागि खुला गरिएको प्रदर्शनीको तीन साताभित्र ५ लाख मानिसले अवलोकन गरेका थिए । तीन सातापछि अमेरिकाको न्युयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा राखिएको चित्रकला हेर्न दस लाख मानिस पुगेका थिए ।

विश्वकै महान् चित्रकार लियोनार्दो दा भिन्चीले सन् १५०४ मा मोनालिसाको चित्र तयार पारेका हुन् । चित्रमा देखिने महिला फ्लोरेन्सका धनाढ्य फ्रान्सेस्को डेल जियोकोन्डाकी श्रीमती लिसा गेरार्डिनी हुन् । ‘ला जियोकोन्डा’ का नामले समेत परिचित उक्त कलामा मोनालिसालाई रहस्यमय मुस्कानका साथ निकै आकर्षक देखिन्छ ।

सन् १९०३ मा चित्र बनाउन सुरु गरेका भिन्चीले एक वर्षपछि सम्पन्न गरेका थिए । तर उनले सन् १५१७ सम्म पनि त्यसमा विभिन्न काम गरेर अन्तिम रूप दिएका थिए । ‘मोनालिसा’ सन् १७९७ देखि फ्रान्सको राजधानी पेरिसस्थित लोभ्रे संग्रहालयमा राखिएको छ । उक्त संग्रहालयको विश्वमै सबैभन्दा धेरै मानिसले भ्रमण गरिसकेका छन् । विश्वकै सबैभन्दा महँगो चित्र मोनालिसाको मूल्य कम्तीमा ८६ करोड अमेरिकी डलर रहेको अनुमान गरिएको छ ।

प्रकाशित : पुस २४, २०७९ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?