कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नाट्य महोत्सवको अन्तिम दिन ‘कुभिन्डोको कथा’ मञ्चन हुँदै

काठमाडौँ — अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को अन्तिम दिन शनिबार नाटक ‘कुभिन्डोको कथा’ मञ्चन हुने भएको छ ।थापागाउँस्थित मण्डला थिएटरमा ‘सामाजिक रुपान्तरणका लागि रंगमञ्च: विविधताको उत्सव’ को रुपमा गत शुक्रबारदेखि जारी निटफेस्टमा ‘कुभिन्डोको कथा’ मञ्चनसँगै महोत्सव समापन गर्न लागिएको महोत्सवका सञ्चार संयोजक रंगकर्मी केदार श्रेष्ठले बताए ।

नाट्य महोत्सवको अन्तिम दिन ‘कुभिन्डोको कथा’ मञ्चन हुँदै

मण्डलाले गरेको नाटक लेखन कार्यशालाबाट तयार भएको लोक कथामा आधारित नाटकलाई प्रनिश मगरले लेखेका हुन् । नाटकमा विकास जोशीको सह दिर्नेशन र दयाहाङ राईको निर्देशन रहेको छ । नाटक निर्माण समूहका अनुसार कुभिन्डोको कथा मार्फत नाटकले संस्कृति, प्रकृति र सम्पूर्ण प्राणीको पर्यावरण तथा अस्तित्वको उजागर गर्छ । नाटकमा प्रमिला खनालको कोरियोग्राफी रहेको छ ।

शनिबार नै दिउँसो १ बजे ‘रंगमञ्च अभिनय र चलचित्र अभिनयका फरक आयाम’ शीर्षकमा प्यानल डिस्कसन समेत हुँदैछ । यसमा दयाहाङ राई, सुरक्षा पन्त, मीन भामका साथ खगेन्द्र लामिछानेले अन्तरक्रिया गर्नेछन् ।

समापनको औपचारिक कार्यक्रम भने साँझ ६ बजे हुनेछ । मण्डलाका अनुसार समापन कार्यक्रममा नेपालका सरकारका अर्थमन्त्री जनार्दन शर्मा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, बूढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा तथा विभिन्न देशका निर्देशक, कलाकारहरुको सहभागी हुनेछन् ।

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।

प्रकाशित : मंसिर १७, २०७९ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?