कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

ओटुटोलको बसुधारा जेनेभामा

कान्तिपुर संवाददाता

काठमाडौँ — अनुमानित आधा शताब्दीअघि चोरिएको मानिने बसुधारा देवीको काष्ठमूर्ति स्विजरल्यान्डको जेनेभास्थित एक निजी कलासंग्रहमा लिलामीमा राखेको पाइएको छ ।

ओटुटोलको बसुधारा जेनेभामा

चोरिएका वा हराएका नेपाली सम्पदाको पहिचानमा जुटेको ‘लस्ट आर्टस् अफ नेपाल’ अभियानका अनुसार, काठमाडौंमा ओटुटोलस्थित पिन्छे बहामा रहेको गुम्बाबाट यो सम्पदा हराएको थियो । बिक्रीमा राखिएको क्याटलगमा ‘मातृका’ नाम दिएर ज्युरिजको कोलर अक्सनमा यो सम्पदा बिक्रीमा राखिएको छ ।

सत्रौं शताब्दीको सिर्जना मानिने यो सम्पदाका बारेमा कलाविद् मेरी सेर्फेड स्लसरले सन् ७० को दशकमा लिएको तस्बिर ‘नेपाल मन्डला–अ कल्चरल स्टडी अफ द काठमाडौं भ्याली’ (१९८२) पुस्तकमा प्रकाशित छ ।

प्रकाशित : मंसिर ६, २०७९ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?