१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विष्णुमती नदीमा कला प्रदर्शनी

कान्तिपुर संवाददाता

काठमाडौँ — आर्टुडियोको ‘अन्तर्राष्ट्रिय कलाका रेसिडेन्ट कलाकार’ नेदरल्यान्ड्सका युरी अल्भिट्सले डल्लु पुलस्थित विष्णुमति नदीमा कला प्रदर्शन गरेका छन् । काठमाडौंका नदी र सार्वजनिक स्थानहरूको प्रदूषण तथा अव्यवस्थित अवस्था इंगित गर्न डल्लु पुलमा विष्णुमती नदीमाथि ‘ह्याफ्जार्ड’ शीर्षकमा अल्भिट्सले शनिबारदेखि कला प्रदर्शनी गरेका हुन् ।

विष्णुमती नदीमा कला प्रदर्शनी

अव्यवस्थित सहरीकरण र प्रदूषणले विष्णुमती नदीको सौन्दर्य कसरी ह्रास भइरहेको छ भन्ने पक्षलाई उनले आधा दर्जनभन्दा बढी अमूर्त कलाकृतिहरूमा चित्रण गरेका छन् । विष्णुमती नदीको प्रदूषणले निकै मन छोएपछि कलाकृतिमार्फत त्यहाँको अवस्था देखाएर मानव समुदायमाथि नै प्रश्नचिह्न खडा गर्न प्रदर्शनी गरेको उनले बताए । ‘जब म पहिलोपल्ट विष्णुमती नदीमा आइपुगेँ, नदीहरू निकै फोहोर र प्रदूषित देखेर स्तब्ध भएँ,’ उनले भने, ‘यहाँको अवस्थालाई कलामा देखाएर यही नै प्रदर्शनी गर्ने सोच बनाएँ ।’

आर्टुडियोको ‘अन्तर्राष्ट्रिय कलाकार रेसिडेन्सी’ ले अन्तर्राष्ट्रिय कलाकारहरूलाई १ महिनादेखि ६ महिनासम्म कला सृजना गर्ने अवसर प्रदान गरी विभिन्न स्थानहरूमा अभ्यास तथा प्रदर्शनी गर्न सघाउ पुर्‍याइरहेको छ । अल्भिट्स एक महिनादेखि आर्टुडियोको रेसिडेन्सी कलाकारका रुपमा सहभागी छन् ।

कला प्रदर्शनी वाग्मती सभ्यता र सुन्दरतामा मानवीय आचरणलाई समेत इंगित गरिएकाले आमदर्शकको सहभागिता र प्राथमिकताका आधारमा प्रदर्शनी अवधि लम्ब्याइने आर्टुडियोका संस्थापक, क्युरेकटर तथा कलाकार कैलाश के श्रेष्ठले बताए । उनका अनुसार शनिबार आमदशर्कबाट निकै राम्रो प्रतिक्रिया आएकाले प्रदर्शनी अझै तीन दिन जति जारी गरिनेछ ।

प्रकाशित : कार्तिक २७, २०७९ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?