१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘नेपाली कलाकार सहयोगी’

रासस

दार्चुला — भुटानी अभिनेत्री उगेन छोदेनले नेपाली फिल्म ‘२ नम्बरी’ मा अभिनय गर्न पाउँदा खुसी लागेको बताएकी छन् । असोज २१ देखि प्रदर्शन मिति तोकेको फिल्मको मंगलबार ट्रेलर सार्वजिनक गर्ने कार्यक्रममा उनले नेपाली कलाकारले आफूलाई सौहार्दपूर्वक सहयोग प्राप्त भएको बताइन् ।

‘नेपाली कलाकार सहयोगी’

‘नेपालमा पहिलो काममा नै राम्रो अनुभव संगालेकी छु । मलाई सम्पूर्ण टीमले सघाउँदा काम गर्न सजिलो भयो,’ उनले भनिन्, ‘छायांकनकै क्रममा नेपाली भाषासमेत सिकें ।’ फिल्ममा उनले भुटानबाट नेपाल घुम्न आएकी युवतीको भूमिका खेलेकी छन् ।

उगेनलाई नेपाली फिल्ममा स्वागत गर्दै अभिनेता दयाहाङ राईले कलाकारितासँगै बजार र संस्कृति पनि जोडिएको बताए । ‘उगेनजीसँगै हाम्रो बजार भुटानमा केही भए पनि विस्तार हुन्छ । साथै संस्कृति पनि दुवै देशको जोडिएर पर्दामार्फत प्रवर्द्धन हुन्छ,’ उनले भने । फिल्मसँग स्क्रिप्टदेखि नै जोडिएको जनाउँदै राईले राम्रो विषयवस्तु उठान गरिएको बताए ।

कार्यक्रममा निर्देशक दीपेन्द्र लामाले गम्भीर विषयवस्तुलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको बताए । ‘हामी आफ्नै कथालाई फिल्मी शैलीमा प्रस्तुत गर्ने उद्देश्यका साथ निर्माणमा जुटेका थियौं । यसले मित्रता र मायासँगै सामाजिक विषयवस्तुलाई उठान गरेको छ,’ निर्देशक लामाले भने । कार्यक्रममा फिल्मका कलाकारहरु उपासना सिंह ठकुरी, पुष्कर गुरुङ, प्रस्तुतकर्ता किरण नेपालीसँगै निर्मातामध्येका गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री राजीव गुरुङको उपस्थिति थियो ।

प्रकाशित : आश्विन ११, २०७९ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?