कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

 झापामा ‘हिउँको पृथ्वी यात्रा’ 

पर्वत पोर्तेल

काठमाडौँ — गत १२ जेठमा भारतको कालिम्पोङको नाट्य उत्सवमा पहिलो पटक प्रदर्शन भएको ‘हिउँको पृथ्वी यात्रा’ नदीको कथा भन्दै यतिवेला देश दौडाहामा छ ।

 झापामा ‘हिउँको पृथ्वी यात्रा’ 

यसअघि राजधानीका ५ विभिन्न स्थानसहित शिल्पी थिएटरमा ३३ शो गरिएको थियो । त्यसभन्दा पहिले भरतपुर, धनुषा र सुनसरी जिल्लामा १२ पटक नाटक देखाइएको थियो ।

नाटक ‘हिउँको पृथ्वी यात्रा’ अहिले झापामा प्रदर्शन भइरहेको छ । दोश्रो देश दौडाहा भदौ १६ देखि देखि सुरु भएको हो । तनहुँ, पोखरा, वुटवल, विराटनगर हुँदै यतिवेला झापामा नाटक प्रदर्शन भइरहेको छ । यहाँ स्थानीय परिवर्तन थिएटरको संयोजनमा ६ वटा शो गरिनेछ ।

घिमिरे युवराज र अमजद प्रवेजको लेखन/ निर्देशन रहेको नाटकले हिमालबाट बग्दै बग्दै आएका नदीले आफ्नो कथा कहन्छन् । पवित्रा खड्का, संगीता उरााव, झकेन्द्र बिसी, ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, सुशीला लोहार, ज्याक बराललगायत कलाकारको उम्दा अभिनय रहेको नाटकको शक्तिशाली पक्ष संगीत हो । अनुप तिमिल्सिना र स्मारिका फुँयालको मिठो स्वरले नाटक बेजोड बनेको छ ।

आगामी नोभेम्वरमा भारतको असममा आयोजना हुने अन्तर्राष्ट्रिय नाट्य उत्सवमा पनि प्रदर्शन गरिने निर्देशक घिमिरेले जनाए ।




प्रकाशित : भाद्र २९, २०७९ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?