कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

इराकमा लागूऔषध छापा मार्दा पिकासोको कलाकृति भेटियो

करोडौं डलरको उक्त चित्र तीन जना व्यक्तिको कब्जामा थियो । अहिले इराक प्रहरीले बरामद गरेको छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वप्रसिद्ध चित्रकार पाब्लो पिकासोको करोडौं अमेरिकी डलर बराबरको पेन्टिङ इराकमा लागूऔषध नियन्त्रणका लागि छापा मार्ने क्रममा भेटिएको छ ।

इराकमा लागूऔषध छापा मार्दा पिकासोको कलाकृति भेटियो

इराकी अधिकारीहरूका अनुसार पिकासोको चोरी भएको उक्त कलाकृति फेला परेको हो । इराकी सञ्चारमाध्यमका अनुसार दियाला प्रान्तमा तीन व्यक्तिको कब्जामा रहेको उक्त कलाकृति प्रहरीले बरामद गरेको छ ।

यस क्रममा इराक प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा ती व्यक्तिहरूलाई पक्राउ गरेको छ । इराक प्रहरीले गत जुलाइमा सुरु गरेको सुरक्षा कारबाहीको निरन्तरताकै क्रममा शनिबार ती व्यक्तिहरू पक्राउ परेका थिए ।

पिकासोको उक्त पेन्टिङको मूल्य करोडौं डलर रहेको बताइएको छ । यद्यपि उक्त पेन्टिङको विवरण, यसको स्वामित्व र प्रमाणीकरणबारे सम्पूर्ण जानकारी भने सार्वजनिक भएको छैन ।

स्पेनिस महान चित्रकार पाब्लो पिकासोको १९७३ मा निधन भएको थियो । आफ्नो ७८ वर्षको करिअरमा उनले १३ हजार ५ सय चित्रहरू बनाएको बताइन्छ । साथै उनले सयौं मूर्तिकला पनि सिर्जना गरे। यसअघि पनि पिकासोका चित्र चोरी भएका समाचार आएका थिए ।

प्रकाशित : श्रावण ३१, २०७९ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?