कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बालबालिकालाई चित्रकला र गीतसंगीत सिकाउन मेला 

काठमाडौँ — बालबालिकालाई चित्रकला तथा गीतसंगीत सिकाउने उद्देश्यले आरम्भ संगठनले काठमाडौंमा मेला आयोजना गरेको छ । टेकुस्थित जनउद्धार सेवा समितिको बालआश्रममा शनिबार आयोजित मेलामा विभिन्न कलाकारको सहयोगमा बालबालिकाहरूले चित्र कोर्नुका साथै गीतसंगीत प्रस्तुत गरेका छन् । 

बालबालिकालाई चित्रकला र गीतसंगीत सिकाउन मेला 

मेलामा विभिन्न कलाकारले कोरेका चित्रहरू प्रदर्शन गरिने र त्यसको बिक्री तथा चन्दाबाट उठेको रकम बालबालिकालाई गीतसंगीत तथा चित्रकला सिकाउन खर्च गरिने संगठनका सदस्य सुमन मगरले बताए । ‘कार्यक्रममार्फत गीतसंगीत तथा चित्रकलामा रुची हुनेहरूले त्यसबारे सिक्न सक्ने र सिकाउनेलाई पनि रोजगारीको अवसर प्राप्त हुन्छ,’ मगरले भने ।

खासगरी असहाय बालबालिकाका लागि लक्षित गरी आयोजना गरिएको मेला नियमितरुपमा आयोजना गर्दै जाने मगरले जनाए । ‘आगामी दिनमा हामीले राजधानीका विभिन्न स्थानमा यस्ता मेलाहरू गर्ने तयारीमा छौं,’ उनले भने । तत्कालका लागि कम्तीमा पनि तीन महिनामा एउटा कार्यक्रम गर्ने योजना संगठनको छ ।

संगठनले असार १५ गते काठमाडौंको शिवपुरीमा रोपाइँ जात्रा आयोजना गर्ने जनाएको छ । कार्यक्रममा जय महांकाल युवा समूहले असहाय बालबालिकाका लागि नि:शुल्क खाना वितरण गरेको थियो ।

तस्बिर : सुजन गोपाली/कान्तिपुर

प्रकाशित : असार ४, २०७९ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?