२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

आफ्नो कथा आफैं

गोर्खाल्यान्ड आन्दोलनका आयामहरुको जानकारी नयाँ पुस्तामाझ राख्ने कृति
पर्वत पोर्तेल

सिलिगुडी — दार्जिलिङ चिनाउने धेरै कृतिसँगै ऐतिहासिक दस्ताबेजका चाङ नै छन् । प्रायः कृृतिहरू विदेशीले लेखेका छन् । भारतीयले पनि लेखेका छन् । तर  पर्याप्त मानिँदैन ।

आफ्नो कथा आफैं

तीन वर्षअघि दार्जिलिङको कथा समेटेर छुदेन काविमोले ‘फातसुङ’ लेखे । उनले आख्यानमार्फत आफ्ना कथा आफैं भने । त्यसैको अंग्रेजी संस्करण आयो– सङ अफ सोल ।

यसअघि दार्जिलिङले आफ्नो कथा आफैं लेखेको थिएन । भर्खरै एक रैथाने लेखकले दार्जिलिङ, अनि गोर्खाल्यान्ड आन्दोलनको कथा सुनाउने चेष्टा गरेका छन् । सिक्किमको नरबहादुर भण्डारी सरकारी कलेजका जीवविज्ञानका प्रा.डा. सत्यदीप सिंह क्षत्रीले ‘गोर्खाल्यान्ड डायरी’ मार्फत त्यहाँको कथा भनेका हुन् ।

दार्जिलिङकै लेखकले अंग्रेजी भाषामा आख्यानमार्फत आफ्नै कथा भनेको यो पहिलो पटक हो । ‘मेरो डेब्यु नोबेल हो,’ सत्यदीपले सिलिगुडीमा भएको भेटमा भने, ‘पहिलो पटकको लेखनबाटै सकारात्मक प्रतिक्रिया पाएको छु, म उत्साहित छु ।’

उनका अनुसार ‘गोर्खाल्यान्ड डायरी’ मूलतः गोर्खाल्यान्ड आन्दोलनमा प्रत्यक्ष प्रभावित ती पात्रहरूको कथा हो । जो एक मध्यमवर्गीय र अर्को तन्नम छ । सन् ८० को दशकदेखि चर्किएको आन्दोलनमा सयौंले ज्यान गुमाए । भौतिक क्षतिको लेखाजोखा नै छैन । चर्किदै, मत्थर हुँदै गर्ने आन्दोलनबाट सबैभन्दा बढी प्रभावित गरिखाने वर्ग हुन्छ । ‘त्यही गरिखाने वर्गको पक्षधरता आख्यानमा छ,’ लेखक थप्छन्, ‘हामीले नबोले उनीहरूको आवाज कसले सुन्ने ?’

सिलिगुडीको बुकआन्ट पब्लिकेसनले सालबारीमा उक्त कृतिबारे परिचर्चा कार्यक्रम पनि गर्‍यो । त्यही क्रममा गोर्खाल्यान्ड आन्दोलनका अगुवा तथा लेखक हर्क क्षत्रीले अनुभव साटे, ‘जब आन्दोलन सुरु भयो, तबदेखि दार्जिलिङमा प्रजातन्त्रको हरण भयो ।’ गोर्खाल्यान्ड आन्दोलनको इतिहासबारे नयाँ पुस्ता बेखबर भइरहेका बेला यो कृति ठूलो स्रोत हुने उनले जनाए । ‘गोर्खाल्यान्ड आन्दोलन त भयो । तर, त्यो किन र कसरी भयो ? त्यो जान्न पनि यो पुस्तक प्रभावी छ,’ उनले भने ।

इतिहासका ज्ञाता डा. सोनाम बी वाङगेलले फिक्सनमार्फत लेखकले दार्जिलिङ अनि गोर्खाल्यान्डको इतिहासलाई कथाको रूपमा बुनेर पठनीय बनाएको बताए । ‘लेखकले आफ्नै कथा आफैं भनेका छन्,’ उनले भने ।

प्रकाशित : असार १, २०७९ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?