१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मण्डलामा शुक्रबारदेखि ‘चोरको स्वर’ 

काठमाडौँ — थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि नाटक ‘चोरको स्वर’मञ्चन हुने भएको छ । आर्टमान्डु नेपाल प्रा.लि.को प्रस्तुति रहेको नाटकमा विशेषगरी लिम्बू समुदायमा विद्यमान भागी विवाहको फेहरिस्तलाई प्रस्तुत गर्ने जमर्को गरिएको छ । नवीन चौहानको कथालाई नाटकका रुपमा परिकल्पना तथा निर्देशन रंगकर्मीहरु अनिल सुब्बा र अन्वेश राई थुलुङले गरेका छन् । 

मण्डलामा शुक्रबारदेखि ‘चोरको स्वर’ 

समुदायमा मन परापर भएर कुनै केटाले केटीलाई भगाइसकेपछि केटा पक्षबाट केटीको माइतीमा भद्रभलाद्मीहरु विशेष रीतसहित जानकारी दिन आउने सांस्कृतिक प्रचलनलाई ‘चोरको स्वर’को रुपमा लिइन्छ । ‘हजुरहरुको छोरी चेली हाम्रो साथमा आइपुगेकी छिन्, हाम्रो छोरा भतिजले माया गरेर, खुसी साथ राखेको छ,’ भन्ने गरिन्छ । माइती पक्षले रीत अर्थात् चोरको स्वर स्वीकार गरिसकेपछि लिम्बु संस्कार, रीतिरिवाजअनुसार विवाहको प्रसंग अघि बढ्छ ।

नाटकमा अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङ्हाङ, इगिहोपो कोइँच सुनुवार, संगीता थापा मगर, बेदना राई, सुरज तमु, प्रतिना राई लगायतका कलाकारको अभिनय छ ।





प्रकाशित : जेष्ठ १९, २०७९ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?