३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

१० औं नेपाल अफ्रिका फिल्म महोत्सव फागुनमा

काठमाडौँ — १० औं संस्करणको 'नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२२' फागुनको पहिलो सातादेखि आयोजना हुने भएको छ । फेस्टिभलका लागि हालसम्म अफ्रिकाबाट तीन दर्जन फिल्म प्राप्त भएको छ । 

१० औं नेपाल अफ्रिका फिल्म महोत्सव फागुनमा

कलेज अफ जर्नालिज्म र विलक्षण क्रिएसनको आयोजनामा सुरु हुने फेस्टिभल 'अफ्रिकालाई अफ्रिकी लेन्सबाटै हेर्नुपर्छ' भन्ने उद्देश्यसहित सुरु भएको फेस्टिभल अध्यक्ष डा. मञ्जु मिश्र बताउँछिन् ।

तीन दिनसम्म आयोजना हुने फेस्टिभलमा अफ्रिकाका फिल्मसँगै नेपाली फिल्म, लघु फिल्म, वृत्तचित्र प्रदर्शनी गरिनेछ ।

महोत्सवमा सहभागी हुन चाहनेले यही पुस महिनाभित्र आयोजकलाई फिल्म पठाइसक्नु पर्नेछ । महोत्सवमा अफ्रिकाका विभिन्न फिल्मकर्मी पनि सहभागी हुनेछन् ।

प्रकाशित : पुस १९, २०७८ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?