१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

उत्कृष्ट तस्बिरहरु प्रदर्शनी सुरु

पोखरा — नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी मंगलबारदेखि पोखरामा सुरु भएको छ । 

उत्कृष्ट तस्बिरहरु प्रदर्शनी सुरु

फोटो पत्रकार क्लब (पिजे क्लब)को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा पर्यटन बोर्ड, पोखराको हलमा फोटो प्रदर्शनी सुरु भएको हो । प्रदर्शनी उद्घाटन पोखराका फोटोग्राफर विश्वरत्न शाक्य र नेपाल पत्रकार महासंघ कास्की शाखाकी अध्यक्ष बिमला भण्डारीले संयुक्तरुपमा गरेका हुन् ।

चार दिनसम्म चल्ने प्रदर्शनीमा प्रतियोगिताबाट छानिएका १ सय ७५ मध्ये उकृष्ट ११७ फोटो राखिएको पिजे क्लबका प्रवक्ता विकास द्वारेले विज्ञप्तिमार्फत जनाएका छन् ।

नेपाल फोटो प्रतियोगिता २०७६ मा समावेश सात विधाअन्तर्गत सहभागी ७ सय १५ व्यावसायिक र एमेच्योर फोटोग्राफरका गरी ६ हजार २ सय २५ फोटोबीच प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित : पुस १३, २०७८ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?