जलरङमा धनकुटा

धनकुटा — डाँडाको बजार । सल्लाघारी । नागबेली घुम्ती हुँदै उकालो–ओरालो बाटो । बेलाबेला कुहिरोले हिले र भेडेटारमा फन्को मार्छ । पूर्वको पुरानो मुकाम धनकुटामा एक हूल कलाकर्मी भेला भए ।

जलरङमा धनकुटा

ठाउँ–ठाउँ रोकिँदै स्ट्यान्डमा क्यानभास राखेपछि झोलाबाट रङ र कुची झिकेर आआफ्नै सुरमा धनकुटालाई जलरङ (वाटर कलर) मा उतार्दै गए । पर्यटन प्रवर्द्धनका लागि आयोजित कार्यशालाका सहभागीले धनकुटाका दृश्यलाई क्यानभासमा आकार दिएका हुन् ।

दुईदिने कार्यशालामा मुलुकभरबाट दुई दर्जन कलाकर्मी सहभागी भए । उनीहरूको अगुवाइ गरे अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङ, महासचिव दीपेन्द्रमान बनेपाली, सदस्य डीबी राई, प्रदेश १ का सदस्य महेन्द्र राईलगायतले । झापाको देहीआर्ट काँकडभिट्टाका छेतेन शेर्पा, मोरङको सखीआर्ट बेलबारी संयोजक गणेश लामा, विराटनगरको ललितकला संगमका जेपी चौधरी, धनकुटाका डिल्लीकृष्ण आलेलगायत २६ जना सहभागी थिए । उनीहरूले मठमन्दिर, गौंडा, बजार, वन र पर्यटकीय स्थलहरूलाई आ–आफ्नो क्यानभासमा उतारे । ती चित्र धनकुटाको हाम्रो बहुमुखी पाठशालामा प्रदर्शनीमा राखिएको छ ।


प्रकाशित : मंसिर १, २०७८ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?