कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

तेह्रौं फ्लोरेन्स बेनालेमा नीरा जोशी

कान्तिपुर संवाददाता

काठमाडौँ — इटालीमा अक्टोबर २३ देखि ३१ सम्म हुने कला प्रदर्शनी तेह्रौं फ्लोरेन्स बेनाले २०२१ मा नेपालबाट चित्रकार नीरा जोशी सहभागी भएकी छन् । बेनालेमा क्युरेटोरियल बोर्डद्वारा आमन्त्रित जोशी नेपालबाट सहभागी पहिलो कलाकार हुन् । 

तेह्रौं फ्लोरेन्स बेनालेमा नीरा जोशी

फ्लोरेन्स विश्वकै उत्कृष्ट अन्तर्राष्ट्रिय समकालीन कला प्रदर्शनी मानिन्छ । प्रदर्शनीमा ६० वटाभन्दा बढी देशका कला प्रदर्शनी हुनेछन् । सहभागी कलाकारले कला प्रदर्शनी, स्क्रिनिङ, कार्यशाला सम्मेलन, प्रस्तुतीकरण आदि गर्नेछन् ।

‘समकालीन कला र डिजाइनमा स्त्रीत्वका अवधारणाहरू’ थिममा हुने सम्मेलनमा जोशीले विषयवस्तुलाई समर्पित ‘एसिमिलेसन अफ फ्लोरा’ शीर्षकका कलाकृतिहरूको शृंखला प्रदर्शन गर्नेछिन् । उनी नेपालमा अग्रणी वनस्पति चित्रकारका रूपमा चिनिन्छिन् ।

विश्वप्रख्यात चित्रकार लियोनार्दाे दा भिन्चीलगायत कलाकार जन्माउने भूमिमा आफ्नो पाइला राख्न पाउँदा पवित्र तीर्थभूमिमा आएको महसुस गरिरहेको जोशीले बताइन् । ‘कोरोनाको समयमा यति ठूलो प्रदर्शनीमा नेपालबाट सहभागी हुन पाउनु नै गर्वको कुरा हो,’ उनले कान्तिपुरसँगको कुराकानीमा भनिन् ।


प्रकाशित : कार्तिक ७, २०७८ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?