३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

लोपोन्मुख तीन धुनको प्रस्तुति

काठमाडौँ — संविधान दिवसका अवसरमा आइतबार थारू, वालुङ तथा सौका समुदायका लोपोन्मुख धुनहरू प्रस्तुत गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रूपमा प्राज्ञ अशोक राईको संयोजनमा जमलस्थित नाचघरमा भएको ‘हाम्रो धुन :  धड्कन’ कार्यक्रममा लोपोन्मुख धुनहरूलाई प्रस्तुत गरिएको हो ।

लोपोन्मुख तीन धुनको प्रस्तुति

कार्यक्रममा वालुङ समुदायको घाना ढाकी किला (घर पैँचो गीत), थारू समुदायको थारपैयाँ भाका, सौका समुदायको झुम्का भाका, वालुङ समुदायको लुङ्मा ठामी पाङ्सोमट देमुना (लोकभाका), थारू समुदायको ढुङ्ग्रु भाका, सौका समुदायको छलिया भाका, वालुङ समुदायको ठिही फामी ङाक्छ्याङ अर्थात् अर्ती उपदेशको गीतको भाका, थारू समुदायको हुर्दङ्या भाका र सौका समुदायको छिराबैरा भाका गरी तीन समुदायका नौ लोपोन्मुख भाकाको धुन प्रस्तुत गरिएको थियो ।

प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले भौतिक उपस्थितिसहितका कार्यक्रम हुन छाडेको अवस्थामा यस्तो प्रस्तुति सफलतासाथ सम्पन्न गरेकामा कलाकर्मीहरूलाई धन्यवाद ज्ञापन गरे ।


प्रकाशित : आश्विन ३, २०७८ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?