कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

चाम्लिङ भाषाको पहिलो बालगीत

काठमाडौँ — चाम्लिङ राई भाषाको पहिलो बालगीत ‘फोप्ती’ (कोपिला) सार्वजनिक भएको छ । तिलक चाम्लिङको रचना, दीपेश राईको संगीत रहेको गीतलाई बालगायिका निहारिका राईले गाएकी छन् । 

चाम्लिङ भाषाको पहिलो बालगीत

‘हैकामा तेप्तुइपा इरुङ छेम्माछेम्पा मिनुई

आटुङ्मामो ङालुङ ढायेपा सायेरेम्सा ख्रुप्सुई ..’

(माटो टेक्दा पिता पुर्खालाई सम्झिन्छु

मेरो आफ्नो थलोको शिर ढल्दा शिर उभ्याउानी गर्दै उठ्छु)

किरात मुन्दुमको सारलाई खिचेर रचना गरिएको गीतले बालबालिकालाई मातृभाषाप्रति आकर्षण र पुस्तान्तरमा टेवा पुर्‍याउने अपेक्षा राखिएको छ । ‘माटो टेक्दा पुर्खाहरूलाई सम्झन्छु । जन्मथलोको शिर ढल्दा शिरउभ्याउनी गर्छु । भाषा सिक्छु । संस्कृति सिक्छु । पहिचान जोगाउँछु । ठूलो मान्छे भएर कुलको इज्जत राख्छु’ गीतको भाव रहेको छ ।

कथामा बालसखाको फोटो भेटिन्छ । उनीहरुको लामो समयसम्म भेट भएको हुँदैन । उनीहरुलाई आआफ्नो दु:खले कहाँ-कहाँ पुर्‍याएको हुन्छ । धेरै समयपछि उनीहरू पहिचानको अभियानमा भेटिन्छन् । दुवैजना जागिर, व्यवसाय छोडेर भाषा, संस्कृतिको अभियानमा लागेका हुन्छन् । यो भेटमा उनीहरू खुसी मनाउँदा मनाउँदै कथा मैझारो हुन्छ ।

उक्त ‘फोप्ती’ गीतको म्युजिक भिडियोसमेत निर्माण गरिएको छ । काजोल राईको निर्देशन रहेको भिडियोमा कलाकारहरू नियामा राई, साङ्केन राई, अनुका राई, किवाहाङ राई, इशक राई, नायुमा राई, डी.पी. राईलगायतको अभियन छ ।

किरात राई यायोक्खा काठमाडौंकी अध्यक्ष प्रमिला राईका अनुसार भिडियोभित्र गीतमात्र नभई सामाजिक यथार्थ कथा छ । ‘यो बालगीतको म्युजिक भिडियोले नयाँ पुस्तालाई आफ्नो भाषा संस्कृतिप्रति प्रेम जगाउने छ,’ उनले भनिन् ।

प्रकाशित : आश्विन १, २०७८ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?