२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

खालिङ भाषा र संस्कृतिजन्य वृत्तचित्र सार्वजनिक

काठमाडौँ — सोलुखुम्बुको किरात खालिङ राई जातिको मुन्धुम केन्द्रित ‘खालिङ वास’ वृत्तचित्र सार्वजनिक गरिएको छ । यसमा समुदायमा विद्यमान खालिङ भाषा, मौलिक भेषभूषा र संस्कार संस्कृति समेटिएका छन् । 

खालिङ भाषा र संस्कृतिजन्य वृत्तचित्र सार्वजनिक

किरात खालिङ राई उत्थान संघले राजधानी आयोजना गरेको समारोहमा संघीय सांसद हेमकुमार राई, माप्य दुधकोसी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई, संस्थाकी अध्यक्ष सिताकुमारी खालिङ लगायतले वृत्तचित्र सार्वजनिक गरेका हुन् ।

सोलुखुम्बु जिल्लाको माप्य दुधकोसी गाउँपालिका क्षेत्रमा निर्मित वृत्तचित्रको लेखन गणेशकुमार राई र छायांकन गंगराम राईले गरेका हुन् । सोही अवसरमा खालिङका पुर्खा माप्य र दिक्प्यको छायाँचित्र समेत सार्वजनिक गरिएको थियो ।

प्रकाशित : श्रावण ९, २०७८ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?