'स्टिल लाइफ कम्पिटिसन'मा वैद्य प्रथम

काठमाडौँ — नेपाल व्यावसायिक कलाकार संघ क्यान पेन्टिङ कक्षाको आयोजनामा विद्यालय स्तरिय 'ओपन स्टिल लाइफ आर्ट कम्पिटिसन' सम्पन्न भएको छ ।

'स्टिल लाइफ कम्पिटिसन'मा वैद्य प्रथम

शनिबार काठमाडौंको सहिद शुक्र स्कुलमा आयोजित प्रतियोगितामा कक्षा ८ देखि कक्षा १२ सम्मका विभिन्न कलेज तथा विद्यालयका ५० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता भएता पनि विद्यार्थीहरुले एक आपसमा केही सिक्ने र सिकाउने अवसर पाएको क्यान पेन्टिङ कक्षाका प्रमुख दीपक कुँवरले बताए ।

प्रतियोगिता सहभागी विद्यार्थीहरुलाई समाजसेवी भद्रकुमारी घलेले पुरस्कार वितरण गरेकी थिइन् । प्रतियोगिताको निर्णायकमा प्रा. राधेश्याम मुल्मी र प्राज्ञ ज्योति प्रकाश वि.के थिए । प्रतियोगितामा नोबेल एकेडेमीका सुहेल वैद्य प्रथम, कुलेश्वर आवास स्कुलका सुरज श्रेष्ठ द्वितिय, विजेश्वरी स्कुलका सुनिल मगराती तृतिय र नोबेल एकेडेमीका सागर रोकाया सान्तत्वना भए । सहभागी विधार्थी र पुरस्कृत विद्यार्थीहरुलाई शनिबार नै प्रमाण–पत्र र पुरस्कार वितरण गरिएको थियो ।

क्यान पेन्टिङ कक्षाले आगामी दिनमा विभिन्न किसिमका कला प्रतियोगिता र तालिम सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित : माघ २५, २०७७ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?