१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अविनको अर्को कार्टुन कृति 

कान्तिपुर संवाददाता

काठमाडौँ — सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा हुने विकृति, विसंगतिमाथि चोटिलो प्रहार गर्ने सशक्त माध्यम बनेको छ– व्यंग्य चित्र अर्थात कार्टुन । २०५० को दशकपछिको राजनीतिक संक्रमणसँगै उब्जेका थुप्रै विकृतिलाई कार्टुन चित्रकै माध्यममा चोटिलो व्यंग्य गर्दै आएका कार्टुनिस्ट अविन श्रेष्ठले ‘बेस्ट अफ अविन, अविनको कार्टुन संग्रह–भाग २’ ल्याएका छन् । 

अविनको अर्को कार्टुन कृति 

बिहीबार राजधानीमा वरिष्ठ पत्रकार किशोर नेपाल, अखिलेश उपाध्याय, युवराज घिमिरे, नारायण वाग्ले, सुधीर शर्मा र जीवेन्द्र सिम्खडाले संग्रहको लोकार्पण गरे । बुक आर्ट नेपालले प्रकाशन गरेको संग्रहमा विशेषगरी २०६२/६३ को जनआन्दोलनपछि मुलुकको अवस्थालाई चिरफार गरेका कार्टुन संग्रहित छन् ।


लोकार्पणकै क्रममा श्रेष्ठले कार्टुनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन छापा माध्यमका दिग्गज सम्पादकहरूको उल्लेखनीय भूमिका रहेको उल्लेख गरे । सानैदेखि आफूलाई चित्रकलामा रुचि भएको बताउने श्रेष्ठले समाज बुΣदै जाँदा त्यसभित्र भएका विकृतिले मन पोल्दै गएपछि व्यंग्य चित्रमार्फत अभिव्यक्ति दिन थाले । ‘त्यो बेला गोरखापत्रमा मेरो कार्टुन छापिन थालेपछि ठूलै ठानेर जागिर खोज्न लागेँ,’ आफ्नो कार्टुन–यात्राबारे स्मरण गर्दै उनले ‘त्यसबेला एक पत्रिकाका सम्पादकले नै कार्टुन चित्रको परिभाषा सोध्दा आफू अनुत्तरित भएको’ सुनाए । पछि उनैले जागिर दिएपछि अविनको कार्टुन यात्राले निरन्तरता पायो ।त्यसपश्चात् हिमालय टाइम्स, राजधानी, समय, नागरिक र कान्तिपुर दैनिकजस्ता छापा माध्यममा उनले तत्कालीन अवस्थाका विषयमा सिर्जना गरेका कार्टुन प्रायः सम्पादकले विशेष स्थान दिएको सुनाए । साढे दुई दशकको यात्रालाई अगाडि बढाउन सम्पादकहरूले विशेष भूमिका खेलेको उनले जनाए । ‘उहाँहरू नभइदिएको भए मैले बाटो बिराइसक्थेँ होला,’ अविनले थपे, ‘कार्टुनलाई माया गर्ने र बुΣने सम्पादक पाउनु मेरो अहोभाग्य हो ।’


कार्यक्रममा सिम्खडा, नेपाल, वाग्ले, घिमिरे, शर्मालगायतकाले श्रेष्ठको कार्टुन संग्रह र पृथक् सिर्जनाबारे चर्चा गरे । सिम्खडाले पात्र, रेखा र समसामयिकता समेटेको कार्टुन ऐतिहासिक र रानीतिक दस्तावेजका रूपमा रहेको दाबी गरे । त्यस्तै, वाग्लेले कार्टुन चित्र अहिले पत्रिकाको अनिवार्य विषयवस्तु भइसकेको बताए । उनले श्रेष्ठको कार्टुनमा शब्दभन्दा बढी भावार्थ हुने सुनाए । शर्माले पनि श्रेष्ठको एउटा कार्टुनले हजारभन्दा बढी शब्द बोल्न सक्ने बताउँदै अरूको भन्दा उनको सिर्जनात्मक कलामा मौलिक स्केच र पृथक् पहिचान रहेको बताए ।

प्रकाशित : फाल्गुन ३०, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?