कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संकटमा सल्यानी संस्कृति

अधिकांश युवा विदेश गए, गाउँमा बस्नेले सीप र संस्कृति सिक्न चाहेनन्
विप्लव महर्जन

(सल्यान) — ७५ वर्षीय विष्णुबहादुर बूढा त्रिवेणी गाउँपालिकास्थित पिमखोलाका पैसेरी नाचका अगुवा हुन् । उनले झन्डै ३५ वर्ष विभिन्न मेला, पर्व र सार्वजनिक उत्सवमा पैसेरी नाचे । मगर समुदायको मुख्य नाच मानिने पैसेरी केही वर्षयता लोप हुँदै गएकोमा भने उनी चिन्तित छन् । 

‘हाम्रो पुस्तासँगै पैसरी पनि सकिने हो कि,’ उनी भन्छन्, ‘युवाले सिक्नै चाहेनन् ।’ आधुनिक गीतसंगीत र प्रविधिका कारण युवापुस्ता पैसरीसहित विभिन्न सांस्कृतिक नाचबाट टाढिँदै गएको उनको गुनासो छ । मगर भाषामा ‘पै’ को अर्थ काठको कोसीको बिट र ‘सरी’को अर्थ गोलो आकार हो । ढिकुरे र लहरे नाचसमेत भनिने पैसेरी लस्करै गोलाकार नाचिन्छ । युवालाई संस्कृति हस्तान्तरण गर्न खोजे पनि अनिच्छुक हुँदा समस्या भएको पैसेरीका अर्का अगुवा मैसर बूढाले बताए । ‘बेरोजगारीका कारण अधिकांश युवा विदेश गए, गाउँमा बस्नेले पनि सीप सिक्न चाहेनन्,’ उनले भने, ‘हामीले गाएको गीत र नाच हेरेर मन बहलाउँछन्, सिक्नतिर भने ध्यान दिँदैनन् ।’ २०४३ मा काठमाडौं गई नाच देखाउँदा आफूहरू पुरस्कृत भएको समेत उनले सुनाए ।


पैसरी मात्र होइन, सोरठीले पनि कुनै समय सल्यानको पहिचान जोगाएको थियो । अघिल्ला पुस्ताले बसाइँसराइ गर्ने क्रममा पूर्वी क्षेत्रबाट त्रिवेणी गाउँपालिकामा सोरठी भित्र्याएको ६० वर्षीय चन्दबहादुर ओलीको सम्झना छ । उनका अनुसार त्रिवेणीको पिमखोलाबाटै जिल्लाभरि सोरठी फैलिएको हो । ‘कृष्ण र गोपिनीको प्रेमसम्बन्धलाई आधार बनाएर नाचिने सोरठीकै कारण पुर्खा देशभर चिनिए,’ उनले भने, ‘पुराना लोकभाका, नाच र बाजागाजासँग हाम्रो अस्तित्व जोडिएको छ ।’


ओलीका अनुसार सोरठीमा मारुनी (महिला) ले घाँगर, चोली, धरो, रुमाल, केतुकीको कपाल र चुरापोते लगाउँछन् । पुरुषले भने दौरा–सुरुवाल, स्टकोट, कम्पनीमाला र शेली लगाएर नाच्छन् । सल्यानको चिनारी बोकेका बन्गाडी टप्पालगायत नाच, गीत र बाजागाजा पनि हराउन थालेकोमा उनको चिन्ता छ ।


जिल्लाका १० गाउँपालिकामध्ये त्रिवेणी गाउँपालिकाले भने स्थानीय संस्कृति संरक्षणका लागि गाउँगाउँमा समूह बनाएको छ । विभिन्न चाडबाड, पर्व, मेलालगायत सार्वजनिक जमघटमा समूहले विभिन्न लोपोन्मुख नाच, गीत, बाजालगायत प्रदर्शन गर्दै आइरहेका छन् । त्रिवेणीका ६ वडामा गठन भएका १५ समूहले गत बुधबार लुहाममा स्थानीय संस्कृतिको प्रतिस्पर्धा गरे । ४० देखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले युवापुस्तालाई समेत परम्परागत संस्कृति संरक्षणका लागि प्रेरणा दिएको गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले बताए । भने, ‘मौलिक संस्कृति हाम्रा चिनारी हुन्, संरक्षणका लागि कार्यविधि बनाएरै अगाडि बढ्ने हाम्रो योजना छ ।’ उनका अनुसार गाउँपालिकाले प्रतिस्पर्धा गराएको यो पहिलो अवसर होइन । स्थानीय सरकार गठन भएसँगै बर्सेनि यस्ता प्रतिस्पर्धा गराइरहेको उनले जानकारी दिए ।


कार्यक्रममा सहभागी समूहले दिनभर झाँकी, गीत, नाच तथा बाजागाजाको प्रदर्शन गरे । आधुनिक बाजा र संगीतका कारण पुराना संस्कृति र नाच लोप भएको स्थानीय अगुवा धनवीर ओलीले जनाए । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बन्गाडी, टप्पा, सोरठी र लहरे नाच जिल्लाको सम्पत्ति भएको जनाए । जिल्ला समन्वय समिति प्रमुख केशबहादुर विष्टले गाउँगाउँमा संस्कृति संरक्षण समूह गठन गरी जागरण ल्याउन जरुरी रहेको बताए । ‘मौलिक संस्कृति संरक्षण गरी पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिन्छ’ उनले भने ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना भाइरस : विश्‍वव्यापी महामारीको चिन्ता, इरानका उपस्वास्थ्यमन्त्री नै संक्रमित

इरानमा १६, दक्षिण कोरियामा ११ को मृत्यु
एजेन्सी

बेइजिङ — चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरस प्रकोपले विश्‍वव्यापी महामारीको स्वरूप लिने चिन्ता बढेको छ । पछिल्ला केही दिन चीनबाहिर पनि संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि यस्तो चिन्ता व्यक्त गरिएको हो । चीनले अन्य क्षेत्र र राष्ट्रमा संक्रमण नफैलियोस् भनेर रोकथाम र सुरक्षाका विभिन्न उपाय अपनाए पनि विश्वका लगभग ३४ देशमा भाइरस संक्रमण पुगिसकेको छ ।

पछिल्ला केही दिन चीनबाहेक इरान र दक्षिण कोरियाका साथै इटालीमा कोरोनासंक्रमितको संख्यामा वृद्धि भएको छ । मंगलबारसम्ममा इरानमा १६ संक्रमितको मृत्युभएको छ । यो चीनबाहिर कोरोना संक्रमणका कारण मृत्यु हुनेमध्येको सबैभन्दा ठूलोसंख्या हो । ९५ जनामा संक्रमण पुष्टि भएको इरानको स्वास्थ्य मन्त्रालयले उल्लेखगरेको छ । उपस्वास्थ्यमन्त्री एवं संक्रमण रोकथाम तथा नियन्त्रण अभियानका प्रमुखइरार हारिर्चीमा नै कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ताले जनाएकाछन् ।

त्यसैगरी, दक्षिण कोरियामा कोरोनाले १ जनाको मृत्यु भएको छ भने एक हजार एक सय ४६ संक्रमित भएका छन् । इटालीमा ११ जनाको मृत्यु र सय २३ जनामा संक्रमण पुष्टि भएको छ ।जापानमा ८ सय ५ जना(डायमन्ड प्रिन्सेस क्रुजसमेत) भाइरसबाट संक्रमित भएका छन् ।जापानमा हालसम्म जनाकोमृत्यु भइसकेको छ ।

बहराइन, लेबनान, कुवेत र अफगानिस्तानजस्ता राष्ट्रमा पहिलोपटक कोरोनाको संक्रमण पाइएका तीदेशका स्वास्थ्य कार्यालयले बताएका छन् । इराकले पनि सोमबार कोरोनाका कारणपहिलोपटक एक जनाको मृत्यु भएको जनाएको छ । इरानबाट आएकी एक वृद्ध महिलाको मृत्युभएको उसले जनाएको छ ।

कोरोना संक्रमणको प्रभाव एसिया, युरोप र मध्यपूर्वमा धेरै देखिएकाले विस्तारैविश्वका विभिन्न भागमा खतरा उत्पन्न हुनसक्ने भन्दै विश्व महामारीको चिन्ता व्यक्तगरिएको छ । कुनै पनि संक्रामक रोगले विश्वमा एकैपटक खतरा उत्पन्न गरायो भनेत्यसलाई प्यान्डेमिकवा विश्वव्यापीमहामारी भन्ने गरिए पनि विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस प्रकोपलाई तत्कालविश्वव्यापी महामारी घोषणा गर्ने तयारी नभएको उल्लेख गरेको छ । उसले कोरोनासंक्रमणलाई अन्तर्राष्ट्रिय आपत्‌काल भने यसअघि नै घोषणा गरिसकेको छ । इरान, इटाली र दक्षिण कोरियामा कोरोनाभाइरस संक्रमणमा वृद्धि भइरहेको प्रति हामी सचेत छौं,’ संगठनका प्रमुख ट्रेडोस अदानमगेहब्रेयससले बताएका छन् । कमजोर स्वास्थ्य प्रणाली भएका देशमा कोरोना संक्रमणफैलिए नियन्त्रणमा ल्याउन अप्ठेरो हुने र त्यसले भयावहको अवस्था सिर्जना हुनेविश्व स्वास्थ्य संगठनले बताउँदै आएको छ ।

प्रतिबन्ध खुकुलो गर्दै चीन

चीनले कोरोनाका नयाँ संक्रमित संख्यामा कमी हुन थालेपछि आवतजावतमाथिकोप्रतिबन्ध खुकुलो गर्दै लगेको छ । रोग रोकथाम तथा नियन्त्रण केन्द्रका अधिकारीलियु सियाओफेङका अनुसार प्रतिबन्ध फुकुवा गरिएसँगै सुपरमार्केटहरू व्यस्त देखिनथालेका छन् । डिसेम्बरयता पहिलोपटक बेइजिङ र सांघाईसहित २० प्रान्तमा कोरोनासंक्रमितको संख्या शून्य भएको उसले जनाएको छ । कोरोनाको उद्गमस्थल हुबेईप्रान्तलाई छोडेर अन्य प्रान्तलाई हेर्ने हो भने चीनमा सोमबार मात्र ९ जनामासंक्रमण पाइएको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । हालसम्म चीनमा कोरोनाले २ हजार सय १५ जनाको मृत्यु भएको छ र ७ हजार ६ संक्रमित भएका छन् ।

कोरियामा नेपाली संघसंस्थाको सचेतना

कोरियामा रहेका नेपालीलाई लक्षित गर्दै विभिन्न संघसंस्थाले सामाजिकसञ्जालमार्फत कोरोनाबारे सूचनामूलक विवरण राख्न सुरु गरेका छन् । यस्तो बेलामा हामीलेनेपालीलाई सचेत गर्न सामाजिक सञ्जाल प्रयोग गरिहेका छौं । चिकित्सकसँग कुराकानीगरिरहेका छौँ,’ गैरआवासीय नेपाली संघका महासचिव विमल सुवेदीले भने ।

परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता सुरेश अधिकारीका अनुसार मन्त्रालयलेराजदूतावासमार्फत कोरियामा रहेका नेपालीसँग नियमित सम्पर्कमा रहन निर्देशन दिएको छ ।राजदूतावासलेत्यहाँ रहेका नेपालीको निगरानी गरिरहेका छन्,’ उनले भने, ‘त्यसबाहेक मन्त्रालयलेअन्य कुनै निर्णय गरेको छैन ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×