३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

तेमालमा ल्होछार उत्सव

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘संस्कृति हराए तेमाल जानु’ भन्ने उक्ति प्रचलित छ तामाङ समुदायमा । बुद्धचित्त र पद्मसम्भवको यो तपोभूमिमा चर्चित गायक–तथा कलाकारले आ–आफ्ना प्रस्तुति दिएका छन् । तेमाल फाउन्डेसनले आधाबाटमा हालै गरेको दुईदिने ल्होछार महोत्सवमा नायक अमीर दोङ, गायक विश्व दोङ, फूलकुमार बमजन, उत्तर दोङ, गायिका निर्मला घिसिङ, मीना तामाङलगायतले दर्शक नचाए ।

तेमालमा ल्होछार उत्सव

खेन्पो सोनाम ग्युर्मेको प्रवचनबाट सुरु महोत्सवमा गाउँपालिका अध्यक्ष सलामसिंह तामाङ, पूर्वउपाध्यक्ष इन्द्रबहादुर तामाङ, वडा अध्यक्ष मानबहादुर श्रेष्ठलगायत स्थानीयले खेन्पोबाट छेःवाङ (आशीर्वाद) लिए । अध्यक्ष तामाङले तेमालको दोर्जेगाङमा तामाङ संग्रहालय निर्माण हुने बताए । स्थानीय कलाकार विहिन दोङ, कर्म लामा, विक्की दोङ र जेबी लामाले पनि प्रस्तुति दिएको महोत्सवमा नायिका सुष्मा मोक्तान र मोनिका लामाले आकर्षक सेलो नाचे ।


स्थानीय संस्कृति प्रवर्द्धनका लागि उत्सव गरिएको फाउन्डेसनका अध्यक्ष जगत तामाङले बताए । ल्होछार परम्परा पुनर्स्थापित गर्न महोत्सवले सघाउने उपाध्यक्ष सानुमान तामाङले बताए ।


कलाकारहरूलाई सम्मान समेत गरिएको महोत्सवमा गाउँपालिका प्रवक्ता ज्ञानबहादुर तामाङ, चलचित्रकर्मी जेनिश लामा, सञ्चारकर्मी हीरामान लामा, तीर्थमान वल, दिनेश लो, मिलन लामालगायतले स्थानीय संस्कृतिमाथि प्रकाश पारेका थिए ।

प्रकाशित : फाल्गुन ११, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?