२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

गृह नगरमा डम्बर र निशानलाई सम्मान

कान्तिपुर संवाददाता

मोरङ — गायकद्वय डम्बर नेपाली र निशान भट्टराईलाई गृहनगर उर्लावारीमा सम्मान गरिएको छ । महाशिवरात्रिको अवसरमा मोरङको उर्लावारीमा आयोजित एक सांगीतिक कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । 

गृह नगरमा डम्बर र निशानलाई सम्मान

स्थानीय यू-युथ अफ उर्लावारी(वाईओयू) क्लबद्वारा आयोजित ‘बृहत सांगीतिक साँझ’ मा उनीहरुलाई सम्मान गरिएको थियो ।

उनीहरुलाई दर्शकदीर्घा र अतिथिकामाझ उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सम्मान पत्रसहित सम्मान गरेका थिए । कार्यक्रममा नेपाली र भट्टराईले आफ्ना चर्चित गीतहरु पस्किएका थिए ।


उर्लावारीलाई सांगीतिक उर्भरभूमिको रुपमा देशविदेशमा चिनाउन योगदान गरेको भन्दै सम्मान गरिएको उक्त कार्यक्रममा संयोजक किशोर श्रेष्ठले बताए ।

कार्यक्रममा मिस नेपाल २०१७ एवं नायिक निकता चाण्डकको पनि उपस्थिति थियो ।

प्रकाशित : फाल्गुन १०, २०७६ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?