कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

भ्रष्टाचारविरुद्ध ‘कमान्डर’

काठमाडौँ — फिल्म ‘कमान्डर’ ले भ्रष्टचार र कालोबजारीविरुद्ध आवाज बुलन्द गरेको यसका निर्देशक विवेक सापकोटाले बताएका छन् । 

भ्रष्टाचारविरुद्ध ‘कमान्डर’

यसै शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको उक्त फिल्मका बारेमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा सापकोटाले फिल्ममा एक्सन, लभ र सेन्टिमेन्ट रहेको सुनाए । सापकोटाले नै निर्माण गरेको ‘कमान्डर’ को पटकथा पनि उनी आफैंले लेखेका हुन् ।


‘फिल्ममा मनोरञ्जनका साथै देशप्रेमको सन्देश पनि छ,’ निर्देशक सापकोटाले भने, ‘समसामयिक राजनीति, भ्रष्टाचार, तस्करी, कालोबजारीलगायतका सामाजिक बेथितिविरुद्धको प्रतिनिधि आवाजलाई फिल्ममा प्रस्तुत गरेका छौं ।’

फिल्ममा अनुपविक्रम शाही, रविन तामाङ, साधना सिल्वाल, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, दिनेश केसी, कालु राना, तेजा ऐर, सगुन थापालगायतको अभिनय रहेको छ । यसै फिल्मबाट नायिकाका रूपमा डेब्यु गर्न लागेकी सगुनले फिल्मबाट निकै आशावादी रहेको सुनाइन् ।


सुपेरियर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व, पवित्रा आचार्यको कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत रहेको छ ।

प्रकाशित : माघ ९, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?