१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

जेम्सको ‘आइदेऊ आइदेऊ’

काठमाडौँ — गायक जेम्स प्रधानले आफ्नो लोकप्रिय गीत ‘आइदेऊ आइदेऊ...’ को टुबोर्ग ओपन सेसन्स् सिजन २ मा लाइभ प्रस्तुति पेस गरेका छन् । सन् २००४ मै रिलिज यो गीत टुबोर्ग ओपन सेसन्स् सिजन २ का लागि विशेष रूपमा रिएरेन्ज गरिएको छ । 

‘आइदेऊ आइदेऊ...’ ले एक प्रेमीको इच्छाहरू व्यक्त गर्दछ । गायनसँगै प्रधानले गीतको शब्द र संगीतमा पनि काम गरेका छन् भने ड्रम्समा प्रविन मानन्धर, बेसमा पवन कपाली र गितारमा भूपेन्द्र वज्राचार्य र ज्योति घिमिरे रहेका छन् । नेपाली संगीत बजारमा प्रधान प्रचलित कम्पोजर मानिन्छ । उनले थुप्रै लोकप्रिय हिट गीतहरू दिएका छन् । गायनको भिन्न शैलीका लागि पनि उनी चिनिन्छ ।


टुबोर्ग र च्यानल आरबिट्ररीको प्रस्तुति टुबोर्ग ओपन सेसन्स् एक युट्युब सिरिज हो, जसमा स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको सांगीतिक प्रस्तुतिहरू पेस गरिन्छ । उक्त डिजिटल प्ल्याटफर्मले विभिन्न प्रसिद्घ कलाकारहरूको सांगीतिक सहकार्यमार्फत पुराना र हालका लोकप्रिय गीतलाई नयाँ शैलीमा प्रस्तुत गर्दछ । नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत सांगीतिक आधारलाई सम्मान गर्ने पनि यस सेसनको लक्ष्य रहेको छ ।


सिजन १ मा युट्युब च्यानल आरबिट्ररीमार्फत अपलोड गरिएको ५१ वटा बेजोड गीतहरूले १ करोडभन्दा बढी भ्युज संकलन गरेको छ ।


प्रकाशित : माघ ७, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?