१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘अहिले नाटकमा उत्पीडनकै कथा बोल्नुपर्छ’

काठमाडौँ — कीर्तिपुरस्थित थिएटर मलमा मञ्चन गरिएको नाटक ‘जामुनको रुख’ माथि शनिबार छलफल गरिएको छ । छलफलमा राजनीतिक विश्लेषक राजेन्द्र महर्जन, रंगकर्मी विमल सुवेदी र नाटकका निर्देशक केदार श्रेष्ठ सहभागी थिए ।

‘अहिले नाटकमा उत्पीडनकै कथा बोल्नुपर्छ’

छलफलमा वक्ताहरुले ‘जामुनको रुख’ले कर्मचारीतन्त्रको तस्बिरलाई नाटकका माध्यमबाट छर्लङ पारेको बताए । ‘विद्यमान संरचनामा नोकरशाही कर्मचारीतन्त्रलाई उदांगो पार्दै हामीले कस्तो समाज बनाउन खोज्दैछौं भन्ने नाटकले देखाएको छ । हाकिमहरुको चाकरी गर्ने कर्मचारीको सवाल उठाउन यसले बल दिएको छ ।’ विश्लेषक महर्जनले भने । महर्जनले यस्ता नाटक नेपालीमा पनि लेखिनुपर्ने राय प्रकट गरे ।

रंगकर्मी सुवेदीले पनि नाटकले हाम्रै समाजले भोगिरहेको कथा पस्केको बताए । उनले भने, ‘आफू नै पात्र भएकोजस्तो लाग्यो । नाटकले सरल तरिकाले सशक्त कथा पस्केको छ ।’

‘अहिले हामीले भोगिरहको समाजको कथा हो यो । हामीले समृद्धिको कुरा गरेपनि । त्यो हामी कहाँ आइसकेको छैन । अहिलेको विडम्बना/नियतिलाई देखाउनुपर्छ भनेर नाटक प्रस्तुत गरेको हुँ ।’ निर्देशक श्रेष्ठले भने ।

भारतीय लेखक कृष्ण चन्दरको कथा `जामुनको रुख´ लाई नेपाली रुपान्तरण गरेपछि `सेमलेस भ्लगारिटी´ थपिएको हो । नाटक आजैबाट समापन गरिएको छ ।

प्रकाशित : माघ ४, २०७६ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?