दी एक्सको ‘तिमी नै भन’

काठमाडौँ — लोकप्रिय ब्यान्ड ‘दी एक्स ब्यान्ड’ को गीत ‘तिमी नै भन...’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मार्फत सार्वजनिक भएको छ । ब्यान्डले आफ्नो एल्बम ‘भडास’ बाट ‘तिमी नै भन...’ टुबोर्ग ओपन सेसन्स् २ को मञ्चमा प्रस्तुत गरेका हुन् । 

ब्यान्डमा भोकल्स र बेसगितारमा शिव मुखिया, ड्रम्समा सुरेन्द्र श्रेष्ठ तथा गितारमा सजल राजभण्डारी रहेका छन् । अल्टरनेटिभ फन्क रक ब्यान्ड दी एक्स विगत २५ वर्षदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय छ ।


टुबोर्ग ओपन सेसन्स्को सिजन २ मा विभिन्न प्रतिष्ठित कलाकारले आफ्नो लोकप्रिय गीत भिन्न शैलीमा प्रस्तुत गरेका छन् । पहिलो सिजनमा ‘च्यानल आरबिट्ररी’ मार्फत युट्युबमा अपलोड गरिएको ५१ वटा बेजोड प्रस्तुतिहरूले १० मिलियनभन्दा बढी भ्युज संकलन गर्न सफल भएको थियो ।


च्यानल आरबिट्ररीद्वारा २०१८ मा सुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब शृंखला हो ।







प्रकाशित : पुस १५, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?